Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

माओबादी को एसिया प्रदेश कमिटी बिस्तार , कोरिया बाट को को परे ?

 

नेकपा माओवादी केन्द्रले आफ्नो प्रबास संगठन लाई थप जिम्मेवारी प्रदान गर्दै प्रदेश स्तरिय संरचनाको रुपमा बिस्तार गरेको छ । जस अन्तर्गत एसिया प्रदेश संगठन समिती लाई २ वटा महाशाखा मा बिभाजन गरेर पुर्बी महाशाखा र पश्चिम महाशाखा निर्माण गरेको छ । यी महाशाखा हरुलाइ प्रदेश स्तरिय संगठन को जिम्मेवारी प्रदान गर्दै विभिन्न बिभाग हरु निर्माण गरेर कार्यबिभाजन समेत तोकेको छ ।

प्रबासमा रहेका आफ्ना संगठन हरुलाइ कृयाशिल बनाउदै पार्टी र संगठन प्रती अझ जिम्मेवार बोध गराउने उदेश्य राखेर माओवादी केन्द्रले प्रबास संगठन लाई व्यापक बिस्तार गराउदै लैजाने योजना बनाएको छ । त्यसका लागि एसिया प्रदेश अन्तर्गत ‘ ४ महिने संगठन सुदृढीकरण तथा बिस्तार अभियान ‘ संचालन समेत गर्ने भएको छ । हाल एसिया प्रदेश संगठन लाइ ४५ सदस्यीय पश्चिम महाशाखा र ४१ सदस्यीय पुर्बी महाशाखा निर्माण गरेर अभियान शुरु गरेको छ ।

त्यसको लागि सिङ्गो एसिया प्रदेश संगठन समितीलाई संयोजक को हैसियतमा शनि कुमार ओलीले हाक्नेछन् भने इन्चार्ज को रुपमा पार्टी स्थायी कमिटी सदस्य पम्फा भुसालले निर्देशित गर्नेछिन । पार्टी ले ४१ सदस्यीय पुर्बी महाशाखाको नेतृत्व इश्वर कठायत लाई प्रदान गरेको छ । दक्षिण कोरियाबाट इश्वर कठायत सहित जीवन खतिवडा , राजु श्री , राजेन्द्र दुलाल , प्रशान्त राज बानियाँ , डा.कमला के.सी. , मीन बि.क. र के बी चाम्लिङ राई रहेका छन् ।

त्यस्तै कोरियाको संगठन ले एसिया प्रदेश कमिटिको विभिन्न बिभागको जिम्मेवारीमा पनि आफ्ना अन्य सदस्य हरुलाई बिभागिय जिम्मेवारी प्रदान गरेको छ । जसअन्तर्गत बैदेशिक रोजगार तथा सामाजिक सुरक्षा बिभागमा सागर पोख्रेल , पर्यटन तथा सास्कृतिक बिभागमा प्रशान्तराज बानियाँ र प्रबिण गिरि , आदिबासी तथा जनजाती बिभागमा सुरेन्द्र मगर , महिला बिभागमा निर्मला खड्का , दलित बिभागमा नवीन परियार ,ब्यबसायी तथा पेशागत बिभागमा राजेश श्रेष्ठ , स्कुकिङ बिभागमा हर्क के.सी. , संघ सस्था समन्वय बिभागमा दिपक पुन र केदार निरौला रहेका छन् ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय