Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियाको ब्याट्री कम्पनीको आगलागीमा मृत्यु हुनुअगडि आफ्ना श्रीमानलाई लेखेको अन्तिम मेसेज

मिन बि क

दक्षिण कोरिया
गत सोमबार बिहान करिब १०:३० बजेतिर कोरियाको ह्वासंगस्थित एक ब्याट्री उत्पादन गर्ने कम्पनीमा आगलागी हुदा ठुलो क्षति हुन पुग्यो जसमा २२ जनाले अकालमा ज्यान गुमाउनु पर्यो।
यो तयार पार्ने बेलासम्म ज्यान गुमाउने मध्ये १८ जना चिनिया नागरिक रहेको १ जना लाओस र १ जनाको सनाखत हुन नसकेको र २ जना कोरियन नागरिक रहेको पुष्टि भएको छ।

चार्ज नहुने ब्याट्री उत्पादन गर्ने उक्त कम्पनीका ११ ओटा बिल्डिंग रहेकोमा ३ नम्बरको बिल्डिंगमा आगलागी भएको थियो। ३ नम्बर बिल्दिन्गमा ६० जना भन्दा धेरैले काम गर्दै आएको बुझिएको छ। ३ तलाको उक्त भवनमा दोस्रो तलाको भित्र पस्ने ठाउँमा आगलागी शुरु भएको थियो भने दोस्रो तलामा काम गर्नेहरु निस्सासिएर निस्कने बाटो नहुदा मृत्यिउ हुन पुगेको भनिएको छ । भने पहिलो तलामा काम गर्नेहरु भागेर ज्यान जोगाएको बुझिएको छ।

मृत्यु हुनेमा धेरैजसो महिलाहरु रहेका छन्। दोस्रो तलामा काम गर्ने एक जना लाओसकि महिलाले उक्त कम्पनीमा काम गरेको करिब ४ वर्षा भएको थियो। उनको श्रीमान् लाओसमै अस्पतालमा उपचार गराईरहेका थिए। उनकी ११ बर्षकी छोरी छन्। मृत्यु आफ्नो नजिकै आईरहेको र आफु अब कुनै हालतमा नबच्ने भएपछी उनले अस्पतालको बेडमा रहेका श्रीमान्लाई मेसेज गरिन। “यो मैले पठाउने अन्तिम मेसेज हो , आफ्नो सल्यक्रिया राम्रो संग गर्नु छोरीको हेरचाह राम्रो संग गर्नु। यति मेसेज छोडेर उनि यो संसार छोडेर बिदा भईन परदेशमा।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय