Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

गगन थापाको प्रमुख आतिथ्यतामा जनसम्पर्क समिति दक्षिण कोरियाले कार्यक्रम गर्ने

सौल/ दक्षिण कोरिया।

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले बृहत अन्तर्क्रिया तथा प्रशिक्षण कार्यक्रम जुलाई २८ मा गर्ने भएको छ। नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्यता तथा नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक र पार्टीका केन्द्रीय सदस्य किरण पौडेलको विशेष आतिथ्यता रहने उक्त कार्यक्रममा नेपालमा भएको समसामयिक राजनीतिक घटनाक्रम, प्रबासमा नेपालीहरुको अबस्था लगायतका विविध बिषयमा गहन छलफल हुने बताइएको छ।

मे मे महिनाको १९ तारिक आईतबारका दिन जनसम्पर्क समितिका सभापति भजिन्द्र क्षेत्रीको सभापतित्वमा बसेको कार्यसमिति र सल्लाहकारहरूको संयुक्त बैठकले जुलाई महिनाको २८ तारिक आईतबारका दिन कार्यक्रम गर्ने निर्णय गरेको महामन्त्री राम प्रसाद उप्रेतीले जनाएका छन्।

सबै राजनीतिक दल, सामाजिक सङ्गठनका उपल्लो निकाय लगायत सबैको चासो, गुनासो र जिज्ञासालाई सुन्ने र मनन गर्ने गरी विदेशमा रहेका नेपालीहरूको समस्या समाधानमा काङ्ग्रेसको पहलकदमी लगायत बिबिध बिषयमा बृहत अन्तरकृया कार्यक्रम हुन लागेको र यो कार्यक्रम एउटा पार्टीको भन्दापनि समग्र नेपालीहरुको भएको हुदां कोरियाबासी सम्पुर्ण नेपालीहरुलाई जुलाई २८ को कार्यक्रममा सहभागी हुन समेत नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका सभापति भजिन्द्र क्षेत्रीले अपिल गरेका छन्।

जनसम्पर्क समिति दक्षिण कोरियाले कार्यक्रमको भब्य तयारीका लागि सल्लाहकार प्रकाश धमलाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन समेत गरेको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय