Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियमा परेको भारी वर्षाको कारण गाउँमा बाढि, ४८ घरमा क्षति ७० बर्षिया बृद्दको मृत्यु

आइतबार दिनभरि परेको भारी वर्षाको कारण बाढीमा पारि एक जना अ७० बर्षीय वृद्धको मृत्यु भएको छ। बर्षाका कारण ग्योङसाङ्नाम- दोको एक गाउँमा बाढि पसेर ४८ घरहरुमा क्षति पुगेको छ भने ५५ जना भन्दा धेरैको संख्यामा पिडितहरु रहेको आपतकालिन उद्दार टोलीले जनाएको ।

ग्योङनाम स्थित आपतकालिन उद्दारकेन्द्रका अनुसार हिजो साँझदेखि हराईरहेका वृद्धलाई आज बिहान ६ बजे उद्दार टोलीले नहरमा फेला पारेको थियो भने गाउलेहरुका अनुसार हिजो साँझ करिब ५ः३३ बजे अहिले फेला पारेको ठाउँबाट करिब ३०० मिटर टाढाको नहरमा तैरिरहेको देखेका थिए ।

उनि हिजो आफ्नो धानबारीमा पसेको बाढी हटाउन निस्कने क्रममा यो घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ भने प्रहरीले दुर्घटनाको वास्तविक अवस्थाबारे थप अनुसन्धान गरिरहेको छ ।

हिजो राति लगभग 11:39 बजे एक गाउँ भित्र बाढी पसेर डुबानमा परेको रिपोर्ट प्राप्त गरेसंगै उद्धार र ढल निकास कार्य तत्काल गरिएको थियो।हाल, डुवानमा परेका सबैलाई उद्धार गरि नजिकैको कल्याण केन्द्रमा सारिएको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय