Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दक्षिण कोरियाले ताजकिस्तान संग श्रम सम्झौता गर्यो २०२५ बाट कामदार भित्र्याउने ।

राजु श्री
दक्षिण कोरिया

कोरियाले सन् २०२५ बाटै कामदार भित्र्याउने गरि ताजकिस्तान सग श्रम सम्झौता सम्पन्न गरेको छ । त्यसै गरि रसिया , पपुवा न्यु गिनि र भारत सग पनि श्रम सम्झौताको अन्तिम तयारी गरिरहेको छ । कोरिया र बाकी रहेका यी देशहरु बिच सम्भबत केही महिना भित्रै कामदार लैजाने बिषयमा सम्झौता हुनेछन् । यो खबर नेपालको लागि घाटाकै कुरा हो ।

अब नेपालको हालत के हुन सक्छ ?

कोरियाले अहिले नेपाल सहित १६ वटा देशबाट कामदार भित्र्याउने गर्दछ । त्यस मध्य सबैभन्दा बढी कोटा नेपाल लाई दिदै आएको छ । खासमा हामीलाइ यहि नै सजिलो सग पच्न सकेन । कोरिया श्रम मा बिश्वास गर्छ , कानुन र बिधिको पुर्ण पालना गर्छ । कोरियाले हुल-हुज्जत र आन्दोलन जस्ता बिषय पटक्कै मन पराउदैन । हामी नेपालीहरुको यस्ता गतिबिधिका कारण कोरियाको गन्तब्य गुम्ने सम्भबना बढ्दो रफ्तारमा छ । हाम्रै कारणले गर्दा आगामी दिनमा रोजगारदाता हरुको नजरमा अन्य देशका कामदार हरु प्रथामिकतामा पर्न सक्छन् । हाम्रो गन्तव्य पुनः खाडी नै हुने सम्भबना बढ्दै जाने छ ।

अहिले को बिषय सुल्झियो कि छैन ?

बालकुमारी घटना पश्चात् अदालतको आदेशका बिषय लाई लिएर इ पि एस कार्यलय ले एच आर डी लाई पत्र पठाएको एक हप्ता बितिसक्दा पनि एच आर डी ले अझै कुनै जवाफ फर्काएको छैन । यसको मतलब ‘नेपालको अदालत ले दिएको आदेश लाई कोरियाले मान्न पर्छ भन्ने बाध्यता छैन’ भनेको बुझिन्छ । त्यसै पनि कुटनैतिक तहमा यसरी पत्रको रेस्पोस्न नगर्नु लाई खासै राम्रो संकेत पनि मानिदैन । यसै घटानाको बिषयलाइ लिएर कोरिया ले नेपालबाट कामदार नलैजाने चेतावनी समेत दिइसकेको छ । नेपालका लागि कोरियन राजदुत ले ‘नेपाल हाम्रो लागि असुरक्षित बन्दै छ ‘ भनेर अत्यन्तै गम्भिर कुरा राखेका छन् । यो घटनाको बिषय अझै सल्टेको छैन ।

अब के हुन सक्छ ?

इ पि एस कार्यलय ले अदालत को आदेशलाइ पालना गर्दै शिपबिल्डिङ फेलर हरु लाई भकाभक फाराम भराएको छ । सबै चुपचाप छन् । सबैतिर राम्रो भएछ भन्ने भान पर्न गएको छ तर १६ वटा देशमा एउटै समयमा एउटै नियम लागु गराएर परीक्षा लिने एच आर डि ले नेपालको बिषयमा अझै कुनै निर्णय लिएको छैन । त्यसकारण अन्योलता अझै यथावत् नै छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय