Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

सउल सबवेको नक्शा  ४० वर्ष पछि पहिलो पटक डिजाइन परिवर्तन

मिन बि क सौल दक्षिण कोरिया ,

सउल सबवेको नक्शा  ४० वर्ष पछि पहिलो पटक पुन: डिजाइन गरिएको छ। धेरै लाइनहरू र स्थानान्तरण स्टेशनहरू सजिलै पहिचान गर्न सकिने गरि बनाइएका छन् भने नयाँ परिमार्जन गरिएको नक्सा आँखा कम देख्नेहरुले पनि सजिलै छुट्ट्याउन सकिने गरेर बनाईएको छ ।

सौल महानगरपालीकाले सौलमा बसोबास गर्ने नागरिकहरुसंग राय लिएर नागरिकको राय बमोजिम ४० बर्ष पछाडी यहि डिसेम्बर २५ तारिक देखि सबवेको नक्सा परिवर्तन गरेको हो। सेप्टेम्बरमा आयोजित ‘सबवे नक्शा डिजाइन सार्वजनिक सुनवाई’ मा, लाइन 2 को प्रोटोटाइप, रेखाचित्र विधिको प्रयोग गरेर नक्सा बनाउने काम गरिएको थियो।

पुरानो नक्सा १९८० को नक्सालाई आधार मान्दै थपिएको भएपनि धेरै क्षेत्रहरु पहिचान गर्न कठिन भएकोमा ऐलेको नक्सामा नदि , पार्क,बिमानस्थल, स्थानान्तरण जस्ता ठाउँहरुलाई सजिलै पत्ता लगाउन सकिने गरि तयार गरिको छ।

नयाँ जारी गरिएको नक्सा बिदेशीहरुलाई हेर्न पनि अत्यन्त सजिलो हुने र पर्यटन प्रवर्धनमा थप टेवा पुग्ने सौल महानगरपालीकाका नक्सा डिजाईन अधिकारी प्रमुखले बताए।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय