उडुसको आतङ्क
गएको सेप्टेम्बरमा नै दक्षिण कोरियाको दक्षिण पश्चिममा रहेको एउटा विश्वविद्यालयमा उडुसको सङ्क्रमण देखिएको थियो।
मान्छे र जनावरको रगत चुस्ने उक्त परजीवीको सङ्क्रमणपछि पर्यटकहरू बस्ने आवास र एउटा सार्वजनिक ‘सोना’ घरमा देखिएको थियो।
उडुसको डरले कैयौँ दक्षिण कोरियालीहरूले सिनेमा हलमा जान र सार्वजनिक बसहरू चढ्न छाडेका थिए।
दक्षिण कोरियाको इडेली न्यूजले सउलकी बासिन्दा ३४ वर्षकी चोइले केही समयका लागि कपडाको खोलभएको सीट हुने रेल चढ्न छाडेको बताइन्।
उक्त विवरण अनुसार उडुस अकस्मात् देखिनसक्ने डरले उनले आफ्नो घरभरी किटनाशक औषधि समेत छर्किएकी छन्।
इडेली न्यूजले अर्का स्थानीयवासी सिओलाई उद्धृत गर्दै उनी आफ्नी प्रेमिकासँग केही समय घरमै बस्ने उल्लेख गरेको छ।
हालैको प्रकोपभन्दा अघि दक्षिण कोरियाले सन् १९६० को दशकमा नै उडुसहरूलाई उन्मुलन गरेको ठानिएको थियो।
उडुसको टोकाइले कस्तो समस्या निम्त्याउँछ
उडुसले रोग नसार्ने भएपनि यस किराको टोकेपछि बेस्सरी चिलाउँछ। त्यसलाई कम गर्ने प्रयास गर्दा घाउ हुनसक्छ जसले सङ्क्रमण वा चोट पनि निम्त्याउछ।
पखेटा बिनाको उक्त परजीवी ओछ्यानमा बस्ने गर्छ र त्यसले ठूलो मानसिक पीडा समेत दिनसक्छ। उडुसकाकारण मानिसहरूले असहज र अप्ठेरो महसुस गर्नुका साथै सुत्न पनि डराउँछन्।
सउलका मानिसहरू सार्वजनिक स्वास्थ्य केन्द्रहरूमा गइरहेका छन् र उनीहरूले कुनै परजीवीले आफूलाई टोकेको या नटोकेको जाँच गराइरहेका छन्।
सउल महानगरले करिब ३,२०० सार्वजनिक भवनहरूको सरसफाइ जाँच गर्ने भनेको छ जसमा होटल र स्नानघरहरू छन्। उडुस नियन्त्रण गर्ने उपयुक्त कदमहरूबारे छलफल गर्न सरकारले विज्ञहरूसँग पनि परामर्श गर्दैछ।
सउलले भूमिगत रेल प्रणलाी, सब वेे ,को कपडाका सीटका खोलहरूलाई तातो बाफले नियमित रूपमा सफा गर्ने योजना बनाएको छ। स्थानीय सञ्चार माध्यमहरूले अन्य सीटका खोलहरूलाई पनि हटाउने भनिएको जनाएका छन्।
अधिकारीहरूले किटनाशक औषधीहरू प्रयोग गर्ने भनि गरेका निर्णयहरू विवादमा तानिएका छन् किनभने कतिपय त्यस्ता औषधि अप्रभावकारी देखिएको दक्षिण कोरियाली समाचार पत्र जूङआङले जनाएको छ।
कति हानिकारक हुन्छ उडुस
सरसफाइका कारण साङ्लाको सङ्ख्या घटेकाले पनि उडुसको सङ्ख्या बढेको हुन सक्छ। साङ्लाले उडुसको सिकार गर्छ। उडुस मार्नैका लागि घरमा फेरि साङ्ला भित्र्याउनुपर्छ भन्ने चाहिँ हैन।
उडुस हानिकारक हुन्छ। तर त्यसबाट हुने खतरा भौतिकभन्दा बढी मनोवैज्ञानिक हुन्छ। उडुसले दुःख दिन सक्छ तर यसले रोग फैलाउँदैन। उडुसले टोकेको हामीलाई मन पर्दैन तर त्यस्तो दुखाइ लामो समय रहँदैन।
उडुसले आफ्नो खोल बारम्बार फेर्छ। यसले रगत चुस्छ र काला थोप्लाजस्ता दाग बस्ने गरी बिस्ट्याउँछ। मान्छेको गन्ध थाहा पाउँदा यो उत्तेजित भएर रगत चुस्न दौडिँदै आउँछ। अनि यो एक वर्षसम्म नै केही नखाई बाँच्न सक्छ। यी कुनै पनि कुरा हाम्रा लागि प्रिय छैनन्