Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरिया आएको छ महिना मात्रै भएका तामाङको छिगेछाले किचेर मृत्यु ।

मीन बि क सौल दक्षिण कोरिया

यहि बर्ष फेब्रुअरी महिनामा कोरिया आएका २३ बर्षीय इन्द्र बहादुर तामाङको सेप्टेम्बर ११ तारिक साँझ 8:30 बजे छिगेछाले किचेर  घटनास्थलमै मृत्यु भएको स्रोतले जनाएको छ ।
कोरियाको ख्यङसाननाम्दो  स्थित इन्द्र बहादुर तामाङ्ग कार्यरत कम्पनीमा हाल १५ जना नेपाली कार्यरत छन ।
दिनभरी काम गरेर साँझ 8:30 बजेतिर सरसफाई गर्ने क्रममा प्लाष्टिक फाल्न श्रीलंकन र इन्द्र बहादुर तामाङ्ग छिगेछा लिएर निस्किएका थिए । इन्द्रबहादुरले छिगेछा राम्रै चलाउने गरेको तर श्रीलंकनले छिगेछा ( गर्हौ सामान उठाउने गाडी ) (फोरक्लिप ) त्यति राम्रो नचलाउने गरेको कम्पनीमा कार्यरत नेपालीले बताएका छन ।
इन्द्र बहादुर छिगेछा लिएर निस्केको तर बिचमा पुगेपछी छिगेछ श्रीलंकनलाई चलाउन दिएका रहेछन । दुर्घटनामा के कसरी भएको थियो भन्ने स्पष्ट नभएपनी दुर्घटनामा पछि दुर्घटनाको प्रकृति हेर्दा उनी छिगेछा को टायर मुनि घटना स्थलमै मृत्यु भएको उक्त कम्पनीमा कार्यरत नेपालीहरुले बताउँछन ।
 श्रीलंकन नागरिकको छिगेछाको लाईसेन्स नभएको र उनी अबैधानिक रुपमा कोरिया बसेको बुझिएको छ भने मृत शरीर प्रहरिले पोस्ट मार्टमको लागि लगिएको  छ भने छिगेछा चलाउने  श्रीलंकन नागरिकलाइ प्रहरिले पुर्पक्षका लाई थुनामा राखेको छ ।
नेपालमा परिवारलाई जानकारी गराईसकेको कम्पनिमा कार्यरत नेपालीहरुले बताउछन भने नेपाली राजदुतावासले यो समाचार बनाउने बेलासम्म कुनै पनि पहल नगरेको बुझिएको छ ।
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय