Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

आन्दोलनरत कोरिया रिटर्नी र इपिएस कार्यालय बिच ५ बुदे सम्झौता पत्र सार्वजनिक

मीन बि क सौल दक्षिण कोरिया

इपिएस कार्यालय ग्वार्को र आन्दोलनरत कोफिया रिटर्नीहरु बोच आज ५ बुदे सम्झौता भएको छ ।  ई.पी.एस. कोरिया शाखाका निर्देशक र कोरिया रिटर्नी समुह बिच निरन्तर भएको छलफलबाट यो समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्य HRD Service of Korea, EPS Center Nepal को रोहबरमा सहमत भएको तथा  उक्त पाँच बुदे सम्झौता इपिएस कर्यालय ग्वार्कोको सुचना बोर्डबाट सार्वजनिक गरिएको छ ।

विगतका केहि महिनादेखि EPS प्रणालीबाट दक्षिण कोरिया गएका रिटर्नीहरुले आफूलाई परेका पिरमर्का सम्बोधन गरि Roster मा भएका कामदारहरुलाई पुनः कोरिया जान पाउने वातावरण तयार गरिदिन माग गर्दै मागपत्र पेश गर्ने, ज्ञापन पत्र बुझाउने लगायतका कार्य भएको व्यहोरा सर्वविदितै छ ।

सोहि अबधिदेखि मागपत्र पेश गर्ने कोरिया रिटर्नीहरुसंग EPS Center Nepal का Country Representative, ई.पी.एस कोरिया शाखाका निर्देशक लगायतको संयुक्त छलफलबाट रिटर्नीको माग सम्बोधनका लागि कुटनैतिक पहल भएको र आगामी दिनमा माग सम्बोधनका लागि अझै सकृय पहल गर्ने समझदारी भई आजसम्म कोरिया रिटर्नीबाट भए गरेका पहलहरु स्थगित गर्ने समझदारी भएको र २०२३ मा संचालन हुन गैरहेको CBT लगायतका भाषा परिक्षा संचालन गर्न सबै पक्षले आ-आफ्नो स्थानबाट सहयोग गर्ने समझदारी भएको व्यहोरा उल्लेख छ ।

साथै EPS प्रणालीबाट दक्षिण कोरिया गई एक कार्यकाल पुरा गरी फर्कीएका कामदारहरुको लागि संचालन हुने CBT परिक्षा उत्तिर्ण हुदैमा कोरिया जान पाउने सुनिश्चित नभएकोले आफु कोरियामा कार्यरत रहि नेपाल फर्कीएका CBT रोष्टरमा नाम भएका र सोहि कम्पनीले पुनः काममा लिन सक्ने सम्भावित व्यक्तिहरुले यो अवसरबाट फाईदा लिन सक्ने व्यहोरा समेत सम्बन्धित सबैलाई जानकारीको लागि अनुरोध गर्दै दुई पक्षबिच भएको समझदारी पत्र यसैसाथ संलग्न गरी ई.पी.एस कार्यालयबाट यो बिज्ञप्ती जारी गरिएको छ ।

जस अनुसार पाँच बुदे सम्झौता यश प्रकार रहेका छन ।

1. CBT परीक्षा सम्बन्धि सूचनाको आधारमा ई.पी.एस. कोरिया शाखा र रिटर्नी समुह बिच मिति २०८०/०३/१० मा भएको सहमती कार्यान्वयन गर्न पहल गर्ने तथा CBT परीक्षा रिटर्नीहरुको लागि भएकोले स्वस्फूर्त रुपमा सहभागी हुने,

2. CBT लगायतका परीक्षाहरुको सञ्चालनमा कोहि कसैले कुनै किसिमको बाधा अबरोध नगर्ने गराउने तथा बिभिन्न खालका मित्थ्या समाचारहरुको दुबै पक्षले प्रतिबाद गर्ने, 3. कोरिया रिटर्नी समुहले यस कार्यालयमा पेश गरेका मागहरुलाई वैदेशिक रोजगार विभाग,

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मार्फत कुटनैतिक पहल गरि कार्यान्वयनको

पहल गर्न अनुरोध गर्ने,

4. रोष्टरमा अधिक मात्रामा योग्य व्यक्तिहरुको सूचि रहेकोले छिटो भन्दा छिटो रोष्टरमा रहेका व्यक्तिहरुलाई कोरिया पठाउन पहल गर्ने तथा रोष्टरमा अधिक भन्दा अधिक संख्या रहेको अवस्थामा तत्काल अन्य परीक्षाहरु सञ्चालन नगर्ने वातावरणको सिर्जना गर्न पहल गर्ने,

5. सामाजिक सञ्जालमा भएका अवान्छित सन्देशहरुलाई मध्यनजर गर्दै आउने दिनहरुमा रिटर्नी समुहले कुनै पनि अवान्छित गतिबिधिहरु नगर्ने, यदि कसैबाट गैर जिम्मेबारि रुपमा त्यस्ता अवान्छित कार्य गरेको पाईएमा रिटर्नी समुह जिम्मेवार नहुने तथा त्यस्ता गतिबिधि गर्ने समुह वा व्यक्ति स्वयं जिम्मेवार हुने र कानूनि कारवाहिको लागि रिटर्नी समुह र कार्यालय एकै साथ रहन सहमत भयौ ।

सार्वजनिक सुचना यश प्रकार रहेको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय