Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दक्षिण कोरियका लागि इपिएस कोरियन भाषा परीक्षा CBT को आवेदन खुल्यो, भदौमा परिक्षा हुने ।

 

मीन बि क ,सौल दक्षिण कोरिया ,

कोरियामा ४ बर्ष १०?महिना काम गरेर फर्किएका कामदारलाई लक्षित गरेर   कोरिया शाखाले भाषा परीक्षाको आवेदन खुलाएको सुचना जारी गरेको छ।

४  वर्ष  १० महिना कोरियामा रोजगार गरेर फर्किएकाले यहि २०२३ को  साउन १३ देखि १५ गतेसम्म परिक्षाको लागि  आवेदन दिन सक्ने शाखाले सूचना प्रकाशित गरेर जानकारी दिएको हो।

परीक्षा भने आगामी भदौ १८ देखि २९ गतेसम्म हुने छ । परिक्षाको नतिजा प्रकाशन असोज ३ गते हुने शाखाले बताएको छ। ‘

नेपाल सरकार र गणतन्त्र कोरिया सरकार बीच सम्पन्न समझदारीअन्तर्गत दक्षिण कोरियाबाट काम गरी वैधानिक तवरले फर्केका कामदारहरुलाई पुनः कामदारको रूपमा पठाउने प्रक्रियाअनुरूप आवेदन खुला गरिएको हो।

इपिएस शाखाले प्रकाशित गरेको सुचना यश प्रकार रहेको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय