Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दक्षिण कोरियामा सुतेको सुतेइ अवस्थामा फेरि अर्को दुखद निधन

विशाल श्रेष्ठ/दक्षिण कोरिया:भद्रपुर झापा घर भइ लगभग एक वर्ष अगाडि दक्षिण कोरिया प्रस्थान गरेका आनन राइको सुतेको ठाउमा सुतेको सुतेइ अवस्थामा दुखद निधन भएको छ‌।

सन् १९९५ मा जन्मिएका (२८ बर्षिय) राइ बिगत १ वर्ष देखि कोरियाको 충청남도 홍성군 서부면 홍남서로 375 번길 119 용샘농장 मा बङ्गुर फार्ममा कार्यरत थिए राति सुत्दा सकुशल सुतेतपनि बिहान उठ्दा दुखद निधन भएको हो। घटना बारे नेपाल राजदुतावास, एनआरएनए दक्षिण कोरिया , झापाली समाज र सम्बन्धित परिवारलाइ जानकारी दिइसकेको छ। आनन राइको ९ महिनाको सानो बच्चा रहेको परिवारले जनाएको छ। झापाली समाज दक्षिण कोरियाले निज व्यक्तिको शव नेपाल पठाउन र सानो बच्चाको लागि केहि सहयोग गर्ने हेतुले चाडैनै अभियान चलाउने अध्यक्ष अजय श्रेष्ठले जानकारी दिनुभएको छ। पछिल्लो समय यस्तो घटना हरु सुन्न बन्द भैसकेको थियो तर आजकल फेरि दिनकै दुखद खबर सुन्नमा आउन थालेको छ केहि दिन अगाडी मात्र पर्वत जिल्लाका विनोद जिसिको पनि विहान मर्निङ वाक गर्न जाने क्रममा हृदयघात भएर निधन भएको थियो त्यसकारण  कोरियामा रहनु हुने सम्पूर्ण आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला।

परदेशमा केहि दुख पर्दा वा दुखद घटना घट्दा अप्ठ्यारो मा सबैभन्दा पहिले सम्झने आफु सम्बन्धित जिल्ला सस्था हो समाज परदेशमा आफ्नो घर परिवार सरह जो त्यसकारण यहा हरु सम्बन्धित सम्पूर्ण व्यक्ति हरु आफु सम्बन्धित जिल्लाको सम्पर्कमा रहिरहनु होला दुख पर्दा मात्र सम्झने प्रचलनको राम्रो भने होइन।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय