Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दक्षिण कोरिया आएको १बर्ष मात्रै भएका एक नेपालीको मृत्यु 

सउल दक्षिण कोरिया ,

इपिएस प्रणाली मार्फत कोरिया आएका इटहरी १का ३७ बर्षिय पुस्प बस्नेको मृत्यु भएको कोरिया स्थित नेपाली दूतावासले जनाएको छ ।
इपिएस प्रणाली मार्फत एक बर्ष अगाडि कोरिया आएका बस्नेतले कोरियाको छ्ल्लानाम्दो स्थित बंगुर फार्ममा कार्यरत थिए । उनी कमिटेड कामदारको रुपमा एक बर्ष अगाडी मात्रै कोरिया भित्रिएका थिए ।
उक्त बंगुर फार्ममा उनी सहित ९ जना नेपालीहरु रहेका छन । उक्त कम्पनीमा कार्यरत नेपालीका अनुसार  उनी बिगत १महिना अगाडि देखि बिरामी रहेको बताईएको छ ।
अस्पतालमा उनले आफ्नो समस्या स्पष्ट राख्न नसकेको कारण उनको सहि उपचार नभएको हुन्क सक्ने आशंका संगै कार्यरत साथिको  भनाई रहेको छ भने उपचार गर्न समयमै अस्पताल नजानु पनि कमजोरी भएको भनेका छन । उनलाई 6/7 घण्टा बिराएर ज्वरो आउने गरेको थियो । शुरुमा नेपालबाट ल्याएको औषधि खादै बसेका थिए भने मेडिकल हल गएर औषधि ल्याएर खाने गरेका थिए ।
राम्रो अस्पतालमा शुरुकै अवस्थामा उपचार गरेको भए यो घटना नघट्ने अनुमान साथीहरुको छ । धेरै गाह्रो भएपछी आईतवार बेलुकी अस्पताल लगेर उपचार पछि कम्पनीमा फर्केर आराम गरेका थिए ।
सोमबार बिहान सबै साथिहरु काममा गएका थिए ,बिहानको खाना खाने समयमा बिरामी साथीलाई कस्तो भयो भनेर उसको कोठामा जादा साथी मुखभरी फिज निकालेर लडिरहेको भेटेपछी तत्काल अस्पताल पुर्याएको थिए । अस्पतालले सबै जाँच गरेपछी टाउकोमा रगत जमेको बताएको थियो तत्काल अपरेशन गर्नुपर्ने तर ९०प्रतिशत सफल नहुने बताएको थियो ।
सोही अनुसार टाउकोको अपरेशन गरिएको  थियो । अपरेसन गरेको धेरै समय पछि सोमबार साँझ ९बजेर ५मिनेटमा  मृत घोषणा गरेको अस्पताल स्रोतले जनाएको छ ।
उनी इपिएस प्रणाली मार्फत बैधानिक रुपमा कोरियामा कार्यरत भएको हुनाले मृत शरीर नेपाल पुर्याउन दूतावासले सम्पुर्ण प्रकृया पूरा गरिसकेको र जहाज टिकट प्राप्त हुनासाथ नेपाल पठाउने तयारी गरेको जनाएको छ ।
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय