Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दक्षिण कोरियाले बिदेशी परिचय पत्रमा व्यापक परिवर्तन गर्दै

दक्षिण कोरियले कानुनी रुपमा कोरियामा बसोबास गर्ने विदेशी नागरिकहरुको लागी हाल प्रयोगमा ल्याएको विदेशी परिचय पत्रमा व्यापक परिवर्तन गर्ने भएको छ।

अप्रिल १ तारिख देखी लागू हउजे गरि दक्षिण कोरियामा रहेका विदेशी नागरिकहरुले अध्यागमन मार्फत विदेशी परिचय पत्र आवेदन दिनेहरुको परिचयपत्र परिवर्तित परिचय पत्र अनुसार बन्नेछ ।

परिवर्तन हुनेमा विगतमा श्यामस्वेत तस्विर मात्र प्रयोग गर्नुपर्ने बाध्यता लाई हटाई रंगीन तस्विर प्रयोग गर्न पाईने भएको छ।साथै विगतको भन्दा ठुलो साईजको फोटो राख्न पाईने साथै विगतमा फोटो कार्डको बायाँतर्फ राख्ने गर्थ्यो भने अवदेखी फोटो दायाँतर्फ हुनेगरी परिवर्तन गरिने भएको छ।

साथसाथै परिवर्तन भएको अर्को महत्वपुर्ण कुरा भनेको नयाँ कार्डमा क्युआर कोड समेत हुने भएको छ।यसले गर्दा कार्ड हरेक ठाउँमा मेसिन रेडियबल हुने भएको छ।

हाल प्रयोग गर्दै आईरहेको कार्ड भने परिवर्तन गर्नु नपर्ने भएको छ।भिषा म्याद भएसम्म पुरानै कार्ड प्रयोग गर्न सकिने बताईएको छ।साथै हराएमा,टुटफुट भएमा अथवा परिवर्तन गर्न चाहेमा नयाँ स्वरुपमा प्राप्त गर्न सकिने बताईएको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय