Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरिया पुन: प्रवेश गरेको १० महिना मात्रै भएका एक नेपालीको सुतेकै अवस्थामा मृत्यु

कोरिया पुन: प्रवेश गरेको १० महिना मात्रै भएका एक नेपालीको सुतेकै अवस्थामा मृत्यु हृदयघात का कारण मृत्यु भएको छ।

लमजुङ घर भएका टिकराज चिलवाल नाम गरेका यूवाको गएराती हृदयघातका कारण मृत्यु भएको उनी संगै काम गर्ने उनका सहकर्मी साथी प्रविन न्यौपाने ले बताएका छन।

गएराती खाना खाएर संगै सुतेको अवस्थामा मृतकले राती लामो सास फेरेको थाहा पाएपछी उठेर के भयो भनी सोधेको र जवाफ नआएपछी हतार हतार एम्बुलेन्स बोलाई नजिकैको अस्पताल पुर्याउँदा अस्पतालले मृ’त घोषणा गरेको न्यौपाने ले बताएका छन।

मृतक ईपिएस मार्फत रोजगारीका लागी पहिलो कार्यकाल सकेर पुन: कोरिया आएको १० महिना मात्र भएको जानाकारीमा आएको छ।योङ्गिनको एक टायल बन्ने कम्पनीमा काम गरेका उनको विगतमा त्यस्तो समस्या भएको जानाकारी नभएको न्यौपाने ले बताएका छन।

हाल मृतकको शब योङ्गिनको एक अस्पतालमा रहेको छ।यो बिषयमा दुतावास मा फोन गरेर जानाकारी गरिएको र श्रम सहचारी ले आज आईतबार भएको र यसको सम्पुर्ण विवरण प्रहरी बाट बुझेर शव नेपाल पठाउने,क्षतिपुर्ती लगायत सबै कुराहरुको सहजीकरण दुतावास ले गर्ने बताउनुभएको छ।

मृतकको परिवार लाई घटनाको बिषयमा जानाकारी गरिसकिएको र बाँकी शव नेपाल पठाउने बारे छलफल गरेर अगाडी बढने दुतावास श्रोतले बताएको छ।मृतक विवाहित भएको र २ छोरी रहेको उनीसंगै काम गर्ने उनका सहकर्मी प्रविन न्यौपानेले जानाकरी दिए।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय