Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरिया बसाईमा सबैका प्रीय बनेका नबिनको अकल्पनिय  दु:खद निधन 

 सौल दक्षिण कोरिया
कोरिया बसाईमा सबैका प्यारो बनेका नवीन बास्कोटाको  झापाको शिवसताक्षी बिरान चोकमा  साईकल यात्रीलाई जोगाउन खोज्दा मोटरसाइकल दुर्घटनामा परेर अकल्पनीय दु:खद  निधन हुन पुगेको  प्रहरीलाई उदृत गर्दै संचार माध्यहरुले जनाएका छन   ।
दक्षिण कोरियामा इपिएस प्रणाली मार्फत  भित्रिएका उनी पहिलो कार्यकाल सकिए पश्चात्  २ बर्ष अगाडि मात्रै  नेपाल फर्किएका थिए । उनी  नेपालमै  उद्यम गर्ने र नेपालमै बसेर उदाहरण बन्ने प्रयास गरिरहेका युबा ब्यबसायी हुन ।
कोरियामा रहदा कोरियामा हुने गरेका सबै सामाजिक अभियानमा अग्रणी भुमिका निभाउने , सकारात्मक सोचका धनी अत्यन्तै मिलनसार नवीन बास्कोटाको निधनले कोरियामा रहेका र उनिसंग सहकार्य गरेका सबै साथीहरुलाई अत्यन्त दुखी बनाएको छ ।
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय