Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

 कोरिया बसेर फर्किएका इशुले कोरियन प्रबिधीमा म:म उत्पादन उद्योग स्थापना , १७ जनालाई रोजगार , कोरिया भन्दा राम्रो आम्दानी 

सौल दक्षिण कोरिया ,

इपिएस कामदारको रुपमा २००९ मा कोरिया आएर E-9 भिषा हुँदै कोरियाको व्यावसायिक भिषा लिएर  पनि नेपालमै केही गर्ने उद्देश्यले नेपाल फर्किएका स्याङ्जाका इशु क्षेत्रीले पोखरा १७  बिरौटा भिरकोट कोलनी  स्थित कोरियन प्रबिधि मार्फत  म : म उत्पादन कम्पनीको स्थापना गरि १७ जना नेपालीलाई  रोजगारी दिएका छन ।

 

२०१७ मा नेपाल फर्किदा कोरियाबाट नै म:म उत्पादन गर्ने मेसिन खरिद गरि फर्किएका उनले त्यो बेला करिव ५० लाख लगानीमा ,आफू,श्रीमती र २ जना स्टाफ राखेर म:म उत्पादन गर्ने र बिक्रीवितरण गर्ने काम शुरु गरेका थिए । हाल  इशुले कम्पनीलाई बिस्तार गर्दै करिब १ करोडको लगानी पुर्याएका छ्न भने उनको कम्पनीमा अहिले  १७ जना कामदारले काम गर्छन ।  कम्पनिको आफ्नै  होस्टेल रहेको छ ।  होस्टेलमा ८ जना कमादार बस्ने गरेका छन ।

 

 

बिक्रीवितरणको लागि शुरुवाती चरणमा स्कुटर बाट शुरु गरेका उनिसंग हाल आफ्नै ३ वटा गाडी छन ।  दैनिक करिव १७०० देखि २२००  म:म उत्पादन हुने उनको कम्पनिमा म: म का प्राय सबै प्रकारको उत्पादन हुन्छ । भेज ,पनीर,चिकन,मटन,फिस,बफ गरि ६ प्रकारका म:म उत्पादन हुने गर्छन ।  यसमा सबै भन्दा बढी बिक्रि भने चिकेन म:म हुने बताउँछन् । उत्पादन गरेको दिनदेखी फ्रीजमा राखेर ६ महिनासम्म उपभोग गर्न मिल्छ ।

 

कोरिया बसेर फर्किएका उनले कामदारको लागि कोरियाकै जस्तो गरि प्रत्येक महिना कम्पनी पार्टी दिने , कामदारको जन्मदिन कम्पनिले मनाईदिने प्रत्येक बर्ष पुरा शरीरको स्वास्थ्य परिक्षण गरिदिने, बेला बखत्मा कम्पनिको पिकनिक तथा भ्रमण जाने गर्ने गरेका छन ।

 

गण्डकी प्रदेश भित्र १९ वटा डिलर मार्फत म:म को   बिक्रीवितरण हुने गर्दछ  ।  हाल उनको मुख्य बजार भनेको  गण्डकी प्रदेश भित्रका बाग्लुङ ,कुश्मा,मुस्ताङ ,तनहुँ ,स्याङ्जा र पाल्पा  लगायतका जिल्लामा म:म पुर्याउने उनले आवश्यकता अनुसार देशैभरी पनि पुर्याउन सकिने बताउँछन् ।

 

 

सबैभन्दा खुशिको कुरा कोरियाबाट फर्किएका साथिहरु चिनेको नचिनेको जो भए पनि आत्मियता देखाउने सर सहयोग गर्ने गरेको बताउँछ्न । उनको नजरमा कोरियाबाट फर्केका कुनै पनि ब्यक्ती खाली नबसेको जे जस्तो काम भएपनी गरेको कामलाई सानो नमानेको अनुभव सुनाउछन ।

 

 

 उनका अनुसार नेपालमा सबैभन्दा समस्या भनेको  कामदारको अभाव , कामदार पाईहाले  पनि काम नगरिदिने, काम गराउँदा रिसाउने, काम छिटो छोड्ने गरेकोले काम गर्नमा कठिनाइ हुने गरेको छ । बजार अनुगमन शुन्य रहेको ,बजारमा रहेका दर्ता नगरीकन चलाएका अन्य कम्पनीसंग प्रतिस्पर्धा गर्नुपर्ने , दर्ता प्रक्रिया झन्झटिलो , सरकारी ऋण तथा अनुदान प्राप्त गर्न झन्झट पाईहाले पनि जनप्रतिनिधिको नजिकका आफन्त हुन पर्ने ,कम्पनीनै नभएकाले अनुदान पाउने ,  बेलाबेलामा बिजुली जाने समस्या ,मेसिनरी पार्टपुर्जाको जडान मर्मत गर्न दक्ष जनशक्तिको अभाव , कम्पनी स्थापना गर्नेको मेसिन खरिदप्रकृयामा सहजताको अभाव , कच्चापदार्थ आपूर्तिमा कठिनाइ ,महंगी लगायत  यावत समस्या रहेका छन यी समस्याहरुमा राज्यले अलिकती पनि सहयोग तथा प्रोत्साहन गर्न सकेको छैन  ।
लगानिको लागि केही रकम बचत छ भने स्वदेशमा संभावनाका अनेक बाटाहरु रहेको र स्वदेशमै मनग्य आम्दानी गर्न सकिने तथा आवश्यक परेमा स्वदेशमै केही गर्न खोज्नेलाई सल्लाह सुझाव लगायत सकेको सहयोग गर्ने  बताउँछन् इशु क्षेत्री ।
कोरियाको व्यावसायिक भिषालाई त्यागेर स्वदेशमै जमेका इशुको यो सफलताको कहानिले पक्कै पनि  हाम्रा पाठकहरुमा केही न केही उत्प्रेरणा प्रदान गरेको हुनुपर्छ भन्ने आशा राखेका छौं ।
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय