कृष्णले कृषि ब्यबसायमा लगानी गर्ने बित्तिकै मनग्य आम्दानी गर्न नसकिने तर धैर्यता राखेर दीर्घकालीन सोचका साथ निरन्तरता दिने हो भने भविस्यमा राम्रो आम्दानी गर्न सकिने बताँछन । कृषि ब्यबसाय नेपालमा शुरूवात मात्रै भएको र कर्ममा बिश्वास गर्ने धैर्यता राख्न सक्ने मेहनत गर्नेहरुको लागि अन्त्यन्तै राम्रो पेशा रहेको र थोरै लगानिमा धेरै आम्दानी गर्न सकिने ब्यबसाय रहेको बताउछन ।
कोरिया १० बर्ष बसेर फर्किएका कृष्ण गुल्मिमा कोरियन प्रबिधी अनुसार व्यावसायिक बाख्रापालनमा
सौल दक्षिण कोरिया
इपिएस भिषा अन्तर्गत दक्षिण कोरिया प्रवेश गरि १० बर्ष काम गरि स्वदेश फर्किएर गुल्मीका कृष्ण खरेलले कोरियन प्रविधिको प्रयोग गरि व्यावसायिक कृषि फर्म सन्चालन गरेका छन ।
गुल्मिको गुल्मीदरबार गाउँपालिका १ बलिथुम चारखुट्टे स्थित रिभर साईड कृषि तथा पशुपंक्षी फर्म दर्ता गरि बिगत १बर्ष ६ महिनादेखी निरन्तर लागि परेका छन । कोरियामा उत्पादन सम्बन्धी काम गरेका कृष्ण खरेल कोरियामा रहदा कोरियन हरुको काम प्रतिको मेहन र लगनशीलताले प्रभावित भएका थिए ।
कोरियामा हुँदा कोरियाको कृषि फर्मको अवलोकन गर्दै कोरियाकै प्रबिधिलाई प्रयोग गर्दै नेपाल फर्किएर कृषि पेशामा लाग्ने अठोट लिएका थिए । रिभर साईड कृषि फर्मको लागि उनले ९ लाखको हाराहारीमा लगानी गरेका छन आधुनिक प्रबिधि अनुसार खोर निर्माण बाख्राको खरिदमा लगानी रहेको बताउँछन् ।
हाल उनको फर्ममा ४० वटा बाख्राछन । शुरु गरेको एक बर्षमा करिब दुई लाख बराबरको बाख्रा बिक्री गरेको बताउछ्न। अनुभवको कमि नेपालमा औषधि उपचार गर्ने संस्थाको कमि भएको कारण ११ ओटा पाठापाठी मरेका बताए ।
कृषि ब्यबसायमा लाग्न चाहने ब्यक्तिहरुको लागि सरकारले प्रदान गर्ने गरेको अनुदानको बिषयमा कृष्ण खरेल भन्छन ” सरकारी अनुदान प्राप्त गर्नको लागि प्रतिनिधिको नातेदार आफन्तको लागि अत्यन्तै सहज रहेको छ । जसको फर्म नै छैन कागजमा फर्म देखाउँछन अनि अनुदान लिन्छन यस्तो गैरजिम्मेवारपुर्ण कार्य भएको छ तर हामी जस्ताको लागि भने अत्यन्तै झन्झटिलो रहेको छ । एक त हामी बिदेश बसेर आएको यहाँको वातावरणमा घुलमिल हुन गाह्रो पर्ने शुरूवातमा, बिदेश बसेर आएको करोडौं कमाएको छ भन्ने जनप्रतिनिधिको मनोभावना, उनिहरुको आफन्त नहुनु यस्ता सोचले गर्दा राज्यको अनुदानबाट बन्चित हुनुपरेको बताए । यद्यपि अनेक झन्झटिलो प्रक्रियामा सामेल भएर ५० हजार अनुदान लिएको बताए ।
राज्यले आनुदान प्रणालीलाई प्रभावकारी बनाउन कृषि ब्यबसायमा लाग्नेलाई बेलाबखत तालिमको नामको तालिम नभएर अत्यन्तै प्रभावकारी तालिम , कृषि ब्यबसायमा हुने जोखिमको न्यूनीकरण , निशुल्क अथवा न्युन मुल्यमा औषधि उपचारको ब्यबस्था , कृषि फर्मको अनुगमन गर्ने संयत्रको निर्माण र संयन्त्रले बुझाएको प्रतिवेदन अनुसार फर्मको अवलोकन गर्ने अर्को निकाय हुने हो भने सरकारी अनुदान उचित ठाउँमा पुग्ने कुरामा विस्वस्त हुने बताए ।
Comments
ट्रेन्डिङ