Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दक्षिण कोरियाबाटै अनलाईन श्रम स्वीकृति यसरी लिन सक्नुहुनेछ ।

दक्षिण कोरियामा हुनुहुन्छ ? श्रम स्वीकृतिलिएको मिति सकिएको छ भने अनलाईनबाट नै श्रम स्वीकृति लिन सकिनेछ ।
 दक्षिण कोरिया प्रवेश गरेकाहरुको हकमा श्रम स्वीकृति लिएको अवधी जम्मा  ५ बर्षको हुने गर्दछ ।तर  अहिले कोरोना भिसा थप भएकाहरुले श्रम स्वीकृति लिएको हुदैनन र  उनिहरुले श्रम स्वीकृति लिनुपर्ने हुन्छ ।
त्यसको लागी पुग्नुपर्ने मापदण्ड हरु रहेका हुन्छन । जसमा  भिसा अनिवार्य हुनुपर्नेछ । यानेकी गैरकानुनी बसोबास गर्नुभएकाहरुको  छ भने श्रम गर्न मिल्दैन ।
श्रम गर्दा लाग्ने दस्तुर  उमेर अनुसार र अवधी अनुसार फरक फरक हुने गर्दछ  ।
प्रक्रिया
भिसा भएको पासपोर्ट र हस्तलिखित निबेदन लेखेर epsnepal2007@yahoo.com मा पठाउनुपर्ने हुन्छ  ।  eps अफिसले भिषा भएको चेक गरि  पासपोर्टलाई  अनलाइनमा जारी गरिदिनेछन । त्यसपछी अरुले  जस्तै  गरि अनलाइन बाट  श्रम स्वीकृति लिन सकिनेछ ।
अनलाईनमा दर्ता भैसकेपछी http://feo.gov.np/ मा गएर अनलाइन फर्म भरेर  पैसा भुक्तानी गर्नुपर्ने हुन्छ । पैसा भुक्तानी पनि अनलाइन मार्फत गर्न सकिने छ । यति गरिसकेपछी श्रम स्वीकृतिको काम पूरा हुनेछ । श्रम भएको छ छैन भनेर हेर्नको लागि  पासपोर्ट नम्बर राखेर सर्च गर्नुभयो भने तापाईको पुर्ण विवरण देखाएको खण्डमा श्रम स्वीकृति भएको हुनेछ यदि पुर्ण विवरण आएन भने स्वीकृति भएको छैन भनेर बुझ्नुपर्ने हुन्छ ।
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय