Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियाका बोक्रे टिकटके,बुद्धिजीबी, नक्कली समाजसेबी र ब्यापारीहरुको असली चरित्र

इपिएस न्युज नेपालका एडमिन मार्फत

दक्षिण कोरियामा रहेका केही नेपालीहरु खुबै समाजसेबी, कोरिया बसाइका अभुतपुर्ब बिज्ञ , सूचना दिने टिकटके र सबै कुरामा जानकार, अनी नेपालीका लागी खुब सहयोगी र अब्बल समाजसेबी मात्रै भएको त तपाईं हामी सबैलाइ सामाजिक सँजाल र टिकटक मार्फत जानकारी नै छ । तपाईंलाई यि बिज्ञहरुको प्रचारप्रसार र यहाँका केही ब्यापारीले गरेको समाजसेबा, एनआरएन लगायतका सँस्थाहरुले नेपाली कामदारहरुको दुख कष्टमा गरेको स्व- व्याख्याको बेलिबिस्तार सुन्दा “कोरियामा कथमकदाचित दुख पाइयो भने त चिन्तै छैन” जस्तो लाग्न सक्ला ।

तर नझुक्किनु होला है, यो त टिकटक र सामाजिक सँजाल अनि युटुबमा मात्रै हो , त्यो पनि भ्युज बढाउन र चर्चा बटुल्न को लागी । एउटा कुनै नेपालीलाइ दक्षिण कोरियामा बेस्सरी दुख र आपत पर्दा वा लगभग बेसाहारा हुँदा कस्तो हालत छ । त्यो म केही उदाहरण र प्रमाण सहित भन्दैछु । सायद तपाईंहरु केहीले त यो भोग्नुभएको पनि होला.. ।

मोरङ स्थायी घर भएका र कोरियाको इछन सी मा कृषि क्षेत्रमा कम्पनी भएका एकजना भाइलाइ नेपाल देखि आँउदा साथ कम्पनी र मालिकले बेस्सरी दुख दियो । काम छिटो गर्न नसकेको भनेर दुई महिना जति कहिले काम दिने कहिले काम नदिने गर्यो । धेरैजसो काम नै दिएन र दुई महिना १५ दिन पुग्दा काम छाड र अर्को कम्पनीमा जा भन्यो । काम खासै नदिएको र नेपाल देखि ल्याँउदा केही खर्च लगेको कारण साहुले साइन दिए पनि पैसा दिएन । अनि सुरु भयो उनको दुखको कहानी ।

कोरियामा भर्खरै आएका , ठाउँ नचिनेका कारण कता जाने के गर्ने उनलाइ तनाब भयो । निस्केर हिँड्नसम्म पनि खर्च नहुदाको पीडा त छदै छ । त्यसमाथी ९० दिन भित्रमै बनाउनु पर्ने बिदेशी परिचय पत्र ७८ दिन पुगिसक्दा कसरी बनाउने अत्तोपत्तो छैन । उनलाइ आपत लाग्यो, त्यसपछी उनले सुरु गरे , यिनै फेसबुके समाजसेबी र टिकटके बुद्धिजीबीलाइ समस्या बताउन । यी बुद्धिजीबी कसैले वास्ता गरेनन । कसैले फुर्सद पाएनन । सामाजिक सँजाल मार्फत नम्बर पाएका केही सेल्टरलाई फोन गरे ।

काम छोडेका नेपाली कोचेर पैसा कमाउने नाफाको धन्दामा लागेका केही सेल्टरका मालिकले उनलाइ राखेर नाफा देखेनन । कसैले वास्ता गरेनन । अनि यी फेसबुके समाजसेबी कसैले त म्यासेज सिन गरेर नी केही बोलेनन । नेपालीहरुको दुख हल गर्न भनेर तलब नै खाएर बसेकाहरुले त यस्ता भुइ मान्छेको कुरा सुन्न पनी भएन । धेरैलाइ फोन गरे । लगभग डिप्रेशन जस्तै भैसकेका उनी अन्तिममा केही नेपाली मजदुर साथीहरुको सहयोग पाएर अहिले मिनारीमा काम लागेका छ्न । भर्खरै नायक कम्पनीमा काम लागेका उनले “कोरियामा नक्कली र हरामी समाजसेबी रहेछ्न” भन्दै गुनासो पोख्छन ।

यो एउटा उदाहरण मात्रै हो । यस्ता दुख पाएका कयौं नेपाली दाजुभाइ दिदिबहिनीहरु दिनहुुँ कोरियामा भेटिन्छन । सबैको कहानी उल्लेख गर्दा ठेली बन्छ । यस्ता उदाहरण धेरै छन । कतिपय बिमार छन, कतिपय कम्पनीले दिएको दुखले बेजोग छन । कतिपय बेसाहारा जस्ता छन । एउटा पेजको एडमिन भएको कारणले धेरै यस्ता समस्याहरु मैले पनि नजिक बाट देखेको छु । म्यासेज मार्फत पाएको छु । कतिपय नेपालीलाइ धेरै ठूलो र जटिल कानुनी समस्याहरु आउने गर्छ । आएपछी सुरुमै नेपालीहरु यिनै जागिरे नेपाली प्रतिनिधि र बोक्रे समाजसेबीको कन्ट्याकमा पुग्छन तर यिनले दिने सुझाब भनेको फेसबुक र टिकटकमा हो ।

बास्तबिकतामा मान्छेलाइ आपत परेदेखी यिनले कुलेलम ठाेक्छन अझ नेपालीको हितको लागि खोलेका केही पुँजीपती संस्थाको चरित्र खोल्न त एउटा फेरिहस्त नै लेख्न पर्छ । तर धन्न कोरियामा मजदुर साथीले खोलेका जिल्ला सम्पर्क समाज रहेछन । यी सम्पर्क समाज भने नेपालीका दुखसुखमा अघि देखिए । कोरिया देखि ” आफैं पैसा उठाएर लास पठाउने देखि मजदुरलाइ थोरै आस जगाउन” जिल्ला समाजको भुमिका भने राम्रो देखिएको पाइयो । जिल्ला सम्पर्क समाजलाई भने नमन छ ।

कोरियामा रहेका कतिपय बैधानिक निकायमा काम गर्ने नेपालीहरुको ब्योहोरा टिठ लाग्दो पाइयो । नेपाली कामदार र बिद्यार्थी साथीहरुलाइ समस्या परेको बेला सुझाब दिने त के सम्पर्कमै नआएको धेरै साथीहरुको गुनासो पाइयो । कतिपय मजदुर हितका मसिहाहरुले त दुख पर्दा नेपालीहरुले फोन गर्दाखेरी “नमस्कार गरेन” र सम्मान गर्ने भनेर थर्काउने पनि पाइयो । लौ ठिक छ “नमस्कार” गर्न भुलेछन । त्यो ठुलो गल्ती भएछ तर समस्या त सुन्नुपर्यो नी । नत्र फेसबुकमा समाजसेबी हुनुभएन । यस्ता बग्रेल्ती उदाहरण दक्षिण कोरियामा छन ।

अहिले कोरियामा यस्ता टिकटके ,फेसबुके र बोक्रे व्यापारी र बुद्धिजिबीहरु अनगिन्ती छन । माला र खादा सम्मान लगाउने मात्रै यिनको काम हो । प्रदेशी भुमीमा दुखको साहारा एक आपसमा हामी कामदारहरु नै हो र हुनुपर्छ । दुख आपत परेका साथीहरुलाइ दुखपरेको बेलामा एक आपसमा थोरै भएपनी सहयोग गरेर अघि बढ्न सकियो भनेदेखी कम्तीमा नेपाली दाजुभाइ दिदीबहिनीहरुले सामान्य दुखमा सहयोग पाउने अबस्था बन्न सक्छ । कामदारको साहारा कामदार नै बनौं । यि सामाजिक संजाल र टिकटकतिर लाइक भ्युजका भोका बिज्ञ, बुद्धिजीबी ,स्वघाेषित समाजसेबी महोदयहरुलाइ पनी कहिलेकाहीँ “Like” हान्दिने र भ्युज बढाइदिन सहयोग पनि गरौं । यिनिहरु पनि हाम्रै नेपाली दाजुभाइ दिदिबहिनीहरु हुन ।

इपिएस न्युज नेपालका एडमिन मार्फत

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय