Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

२०२३ मा E -7 -4 भिषाको अंक प्रणालीमा हेरफेर हुन सक्ने , अंकभार सहित सम्पूर्ण विवरण यस्तो छ।

 

कोरियन सरकारले २०१७ सेप्टेम्बर देखि शुरु गरेको भिषा हो E -7 -4 । २०१७ मा शुरु गरे यता भिषा प्रणालिमा ब्यापक रुपमा सुधार गर्दै आईरहेको छ। कोरियन सरकारले इपिएस प्रणाली मार्फत प्रवेश गरेर दक्ष बनेका कामदारहरुलाई लक्षित गरि यो भिषा प्रणाली निर्माण गरको हो । लामो समयसम्म कोरियामा बसेर काम गरिरहेकाले काममा दक्ष हुने भएकोले दक्ष कामदारलाई उनीहरुकै देश फर्काउनु भन्दा यहि देशमा राख्दा रोजगारदाता लाई उत्पादनमा सहजता प्रदान हुने भएकोले E -7 -4 भिषाको अबधारणा ल्याएको सरसर्ती बुझ्न सकिन्छ । विभिन्न मापदण्डहरु निर्माण गरि उक्त मापदण्डमा अधिकतम देखि न्युनतम अंक तोकिएको छ। २०२२ सम्ममा जम्मा पुर्णाङ्क २०९ तोकिएकोमा यस बर्षबाट बढाएर २२४ बनाउन सक्ने भएको छ। यस बर्ष अंक प्रणालीमा केहि हेरफेर संगै गत बर्ष २ हजार जनालाई E -7 -४ भिषा दिएकोमा यस बर्ष संख्या बढाएर ५  हजार जना पुर्याउने भएको छ।

न्युनतम अंक ५२ प्राप्त गर्नेले यस भिषा प्राप्त गर्न सक्नेछन। उच्च अंक ७० निर्धारण गरिएको छ। यो बर्षको उच्च अंक ७० भन्दा माथि हुनेले उच्च अंकको आधारमा जनवरी २ देखि फेब्रुअरी अन्तिमसम्ममा नजिकको अध्यागमन कार्यालयमा आवेदन दिन सक्नेछन । भने न्युनतम अंक ५२ सो भन्दा बढी अंकभार हुनेले कोटा प्रणाली अन्तर्गत रहेर आवेदन दिनुपर्ने हुन्छ। कोटा प्रणालि अन्तर्गत आवेदन दिनेले अन्कभारको कटलाईनको आधारमा यो भिषा प्राप्त गर्न सकिने छ । दुइ बर्षको औसत आय २ करोड ६० लाख वन भन्दा धेरै खण्डमा न्युनतम ५२ अंक भन्दा बढी भएमा आवेदन दिन पाउने र प्रतिस्पर्धाको आधारमा भिषा प्राप्त गर्न सक्छ।

परिवारसहित लामो समय कोरिया बस्न सकिने दक्ष कामदारको भिसा हो E -7 -4 भिषा । कोरियामा इपिएस प्रणाली मार्फत आएको अदक्ष कामदारहरुले अधिकतम बस्न पाउने समय ९ बर्ष ८ महिना हो । यो समयभन्दा बढी बस्न चाहनुहुनेले E -7 -4 भिषा परिवर्तन गर्न सक्नुहुनेछ । E7-4 भिषा इपिएसबाट आएका E-9 , E-10 र H-2 भिषा भएकाहरुले परिवर्तन गर्न सक्नेछन। कोरियामा लगातार 5 वर्ष भन्दा बढी काम गरेकाले यो भिषा परिवर्तनको लागी आवेदन गर्न सक्ने छन् । उत्पादनमूलक , उद्योग , कृषी, मत्यपालन र आवास निमार्ण क्षेत्रमा काम गर्ने सबै विदेशी कामदारले यो भिषा लिन सक्ने छन् । यो भिषा प्राप्त गरिसकेपछि कति बर्ष सम्म कोरिया बस्न पाउने भन्ने निश्चित भने छैन तर पनि अध्यागमन विभागले जहिले सम्म तपाइलाइ भिसा दिन योग्य ठहर्छ वा जति समयसम्म मापदण्ड अनुसार न्युनतम अंक ( ५२ ) प्राप्त गर्न सक्नुहुन्छ त्यति नै समय कोरिया बस्न सक्नुहुनेछ । यानेकी न्युनतम अंक ( ५२ ) प्राप्त गर्न नसकेको खण्डमा भने स्वदेश फर्किनुपर्ने हुन्छ ।

E -7 -4 भिषा प्राप्त गर्नको लागी विभिन्न मापदण्डहरु निर्धारण गरिएको छ जसमध्य विशेष गरी कोरियन भाषा क्षमता, शिक्षा, उमेर,शिप-दक्षता ,आय , आय कर कोरियामा राखिएको बैंक मौज्दात तथा सम्पत्ति ,कोरिया बसेको समयावधि र कामको अनुभवका साथै कोरियामा रहन सक्ने भिषा अबधि आदि हुन् । त्यस्तै कोरियामा उच्च शिक्षा अध्ययन , स्वयंसेवकको भूमिका , सरकारबाट प्राप्त प्रसंसापत्र, कोरियामा लिएको कुनै प्रमाणपत्रहरु भएको खण्डमा थप अंक प्राप्त गर्न सकिने छ ।

E -7 -4 भिषा प्राप्त गर्नको लागी निम्न मापदण्डमा २०२३ मा केहि हेरफेर हुन सक्नेछ। जसअनुसार निम्न अंकभार हरु सम्मिलित हुनेछन

१- २ बर्षको औसत आय :
३ करोड ३० लाख वन वा सो भन्दा बढी भएमा : २० अंक
३ करोड वन वा सो भन्दा बढी भएमा : १५ अंक
२ करोड ६० लाख वन वा सो भन्दा बढी भएमा : १० अंक
नोट आवेदन दिने दिनको ठिक २ बर्ष देखिको औसत आय समेटिनेछ । पहिलो बर्षको अंक प्राप्त गर्नको लागी प्रत्यक बर्षको आय २ करोड ६० लाख वन भन्दा बढि भएको खण्डमा मात्र अंक प्राप्त गर्न सक्नेछन। औषत आय समायोजन गरेर मात्रै हुँदैन।

२ – कोरियामा रहेर कोरियाको दक्षता सम्बन्धी कुनै प्रमाणपत्र बनाउनु भएमा

आफ्नो कामको दक्षता सम्बन्धी 기량검증 통과 प्रमाणपत्र  भएमा १० अंक
기능사 को प्रमाणपत्र भएमा १० अंक
산업기사 को प्रमाणपत्र भएमा १५ अंक
기사 को प्रमाणपत्र भएमा २० अंक

३ – कोरियन भाषा क्षमता : (topik & kiip )

kiip लेवल ५ वा सो भन्दा माथि : २५ अंक {topik मा ५ लेभल माथि गरेको ले २० अंक मात्रै पाउनेछन }
लेवल ४  : १५ अंक
लेवल ३  : १० अंक
लेवल २  : ५ अंक

४ -शैक्षिक योग्यता:
स्नातक तह वा सो भन्दा बढी : 10 अंक
उच्च माध्यामिक तह वा सो सरह : 5 अंक

५ – उमेर तर्फ
~~३९ वर्ष : ५ अंक
~~३४ वर्ष : ८ अंक
~~३२ बर्ष : ११ अंक
~~२९ बर्ष : १४ अंक
~~२७ बर्ष १७ अंक
~~२४ बर्ष २० अंक

६ -कोरियन बैंकमा भएक मौज्दात तर्फ :
१० करोड वन वा सो भन्दा बढी :१५ अंक
8 करोड वन वा सो भन्दा बढी :१२ अंक
६ करोड वन वा सो भन्दा बढी : ९ अंक
४ करोड वन वा सो भन्दा बढी :७ अंक
२ करोड वन वा सो भन्दा बढी : ५ अंक
नोट : बैकमा मौज्दात राखेको २ बर्ष पुरा भएको खण्डमा मात्रै अंक प्राप्त गर्न सकिनेछ।

७ -कामको अनुभव :
पुरी सानप , कृषी तथा पशुपालन भएमा :
८ बर्ष वा सो भन्दा बढी : २० अंक
६ बर्ष वा सो भन्दा बढी : १५ अंक
४ बर्ष वा सो भन्दा बढी: १० अंक

उत्पादन वा निर्माण सम्बन्धि भएमा
८ बर्ष वा सो भन्दा बढी : २० अंक
६ बर्ष वा सो भन्दा बढी : १० अंक
४ बर्ष वा सो भन्दा बढी: ५ अंक

८ कोरिया भित्रको शैक्षिक संस्थाबाट अध्ययन गरेको भएमा

२ बर्षे स्नातक गरेको : ३ अंक
४ बर्षे स्नातक सम्म : ५ अंक
स्नातकोत्तर भन्दा माथी : १० अंक

९ कोरोना पछि मौसमी कामदारको रुपमा काम गरेको भएमा
१ महिना काम गरेको भएमा २ अंक
२ महिना काम गरेको भएमा ३ अंक
३ महिना काम गरेको भएमा ४ अंक

१० कोरियाको जनसंख्या कम भएको क्षेत्रमा काम गरेको भएमा ( यो २०२३ बाट थपिने भएको हो।

२ बर्ष काम गरेको भएमा २ अंक
3 बर्ष काम गरेको भएमा ३ अंक
४ बर्ष काम गरेको भएमा ५ अंक

११ -दुर्गम क्षेत्रमा काम गरेको भएमा :
४ बर्ष वा सो भन्दा बढी : १० अंक
३ बर्ष वा सो भन्दा बढी : ७ अंक
२ वर्ष वा सो भन्दा बढी ५ अंक

यसको अलवा अन्य अंक भारमा
सम्बन्धित कामको क्षेत्राधिकार भित्र परेर रोजगार केन्द्रबाट प्राप्त गरेको सिफारिस पत्र(고용추천서) : १० अंक

भिषा आवेदन दिने कम्पनिमा दीर्घकालीन रुपमा बसेको कामदारको हकमा अधिकतम १० अंक ( प्रत्येक बर्ष बराबर १ अंकको दरले )
사회통합프로그램 이수 गरेको भएमा : ५ अंक
कर भुक्तानी १ बर्षको ३० लाख वोन भन्दा बढी भएमा ५ अंक
स्थानिय निकाय अथवा राज्यबाट प्राप्त प्रमाणपत्र। सम्मान पत्र भएमा २ देखि बढिमा ५ अंक
सम्बन्धन प्राप्त निकायमा १ वर्ष अथवा २०० घन्टा भन्दा बढि स्वयंसेवक गरेको खण्डमा ३ अंक
नोट : प्रमाणपत्र सम्मानपत्र र स्वयंसेवक २ वटै बाट अंक लिन मिल्दैन।

त्यसैगरी कोरियामा बस्दाको बखद कुनै नियम उल्लङ्घन गरेको छ भने प्राप्त अंकबाट उल्लङ्घन गरेको नियमको आधारमा अंक घटाइने छ।

8-कम्पनी के मा दर्ता रहेको छ त्यस अबस्थाको अधारमा कति जनाले भिषा प्राप्त गर्न सक्नेछन भन्ने हुन्छ।
कम्पनीमा कामदारको संख्यालाई आधार मानेको हुन्छ, यो सबैभन्दा महत्वपुर्ण बिषय पनि हो ।
१- यदि तपाइले काम गर्ने कम्पनि पुरी सानपमा दर्ता भएमा
५-९ जना कामदार भएमा- १ जनाले भिषा प्राप्त गर्न सक्नेछन
१०-२९ जना कामदार भएमा- २ जनाले भिषा प्राप्त गर्न सक्नेछन
३०-४९ जना कामदार भएमा- ३ जनाले भिषा प्राप्त गर्न सक्नेछन
५०-९९ जना कामदार भएमा- ४ जनाले भिषा प्राप्त गर्न सक्नेछन
१०० जना भन्दा बढी कामदार भएमा- ४ जनाले भिषा प्राप्त गर्न सक्नेछन

२- यदि तपाइले काम गर्ने कम्पनि उत्पादनमुलक भएमा :
१०-४९ जना कामदार भएमा- १ जनाले भिषा प्राप्त गर्न सक्नेछन
५०-१४९ जना कामदार भएमा- २ जनाले भिषा प्राप्त गर्न सक्नेछन
१५०-२९९ जना कामदार भएमा- ३ जनाले भिषा प्राप्त गर्न सक्नेछन
३००-४९९ जना कामदार भएमा- ४ जनाले भिषा प्राप्त गर्न सक्नेछन
५०० जना भन्दा बढी कामदार भएमा- ४ जनाले भिषा प्राप्त गर्न सक्नेछन

 

२०२३ मा E -7 -4 भिषाको अंक प्रणालीमा हेरफेर हुन सक्ने सुचना यस प्रकार रहेको छ ‘

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय