Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दक्षिण कोरियाले मौसमी कामदारलाई लामो समयसम्म राख्ने गरि ४ क्षेत्र लाई ब्यबस्थापनको जिम्मा

मीन बि क , दक्षिण कोरिया

दक्षिण कोरियाको ख्यङबोक क्षेत्रमा मौसमी कामदार परियोजना ४ क्षेत्रमा ब्यबस्थित तरिकाले  लागू गरिने भएको छ ।
कोरियाको संचारमाध्यमा जनाएअनुसार कृषि खाद्य तथा ग्रामीण मामिला मन्त्रालयद्वारा 2023 मा मौसमी  कामदारको प्रयोग र परियोजनाको छनौट गर्ने  एक सार्वजनिक संयन्त्रको निर्माण गरेको छ जसले ख्यङ्बोक क्षेत्रका ४ शहरलाई छनोट गरेको छ ।
पत्रीकालाई अधार मान्ने हो भने ख्यङ्ग्बोक क्षेत्रमा मौसमी कामदार प्रयोग गर्न  तोकिएका क्षेत्रहरुमा  खिम्छन स्थित राष्ट्रिय कृषि सहकारी महासंघ , उईसङ्ग को सएसंग कृषि  सहकारी महासंघ ,  खोर्यङ्ग को दाम्साङ्ग कृषि सहकारी महासंघ  र बोङ्गह्वाको बोङ्गह्वा कृषि सहकारी महासंघ रहेका छन ।

 

माथिका ४ सहकारी संस्थानले कामदारको छनोट गरेर संयुक्त आवासको उपलब्ध गराउनेछन भने कृषि फर्महरुलाई कामदारको आवश्यकता परेको खण्डमा यिनै सहकारी महासंघमा अनलाईन मार्फत आवेदन देन सक्नेछन । कृषि फर्मले आवेदन दिएको खण्डमा एक दिनको लागि भएपनी महासंघले  कामदार तत्काल उपलब्ध गराउनेछन । यो एक कामदार सप्लायर कम्पनी जसरी बुझ्दा पनि हुनेछ ।  यसले ग्रामीण क्षेत्रमा भएको  जनशक्ति अभावलाई परिपुर्ति गर्न केही हदसम्म सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

 

हालसम्ममा मौसमी कामदारको प्रयोग ३ देखि ५ महिना सम्म मात्रै प्रयोग गर्न सकिने गरि अनुमति प्राप्त गर्न सकिने थियो तर छोटो अवधिको लागि मौसमी कामदारको उपलब्धता थिएन ।  तर महासंघ मार्फत मौसमी  कामदार उपलब्ध हुने भएपछी छोटो देखि लामो अबधिको लागि पनि उपलब्ध गराउन सकिने भएको छ । यसले के बुझाउँछ  भने अबदेखी मौसमी कामदारले पनि लामै समय काम गर्न सक्ने संभावना रहनेछ । किनभने कामदार संयुक्त रुपमा महासंघको नियन्त्रणमा हुनेछन,  संयुक्त रुपमा महासंघले उपलब्ध गराएको बासस्थानको प्रयोग गर्नेछन , स्वास्थ्य बिमा लगायतका सुविधाहरु प्राप्त गर्नेछन  भने महासंघले आफ्ना कामदारलाई मागेका फर्महरुमा पठाउनेछ ।
मौसमी कामदारको प्रयोग कृषि क्षेत्रमा मात्रै उपयोग गर्न मिल्नेछ । उत्पादनको चरम बिन्दुमा कामदारको अत्याधिक माग हुने र कृषि उत्पादनमा कामदारको अभाव सृजना हुने हुनाले यस प्रक्रियाले  धेरै हदसम्म  कामदारको अभाव हुन दिने छैन भन्दै राष्ट्रिय समाचार संस्थान न्युसिसले समाचार प्रकाशित गरेको छ ।

 

स्मरण रहोस श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा मौसमी श्रमिक पठाउने कार्यविधि सार्वजनिक गरेको छ।दक्षिण कोरिया, बेलायत, क्यानडा लगायत मौसमी श्रमिकहरूको माग भएका मुलुकहरूमा शून्य लागतमा श्रमिक पठाउने गरी सरकारले कार्यविधि सार्वजनिक गरेको हो।कार्यविधिमा मौसमी श्रमिकहरूको आवास, खाना, स्वास्थ्य बिमा, र सुरक्षा प्रत्याभूत हुनुपर्ने उल्लेख छ।
त्यस्तै  सम्बन्धित मुलुकको प्रवेशाज्ञा (भिसा) लिँदा लाग्ने शुल्क तथा श्रमिक पठाउँदा लाग्ने अन्य शुल्क रोजगारदाताले बेहोर्ने सुनिश्चितता भएपछि पठाइने उल्लेख छ।श्रमिकहरूको कार्यास्थल सुरक्षित हुनुपर्नेछ। स्वदेश फर्कँदा लाग्ने खर्च पनि रोजगारदाताले बेहोर्नुपर्ने व्यवस्था कार्यविधिमा छ। सम्बन्धित गन्तव्य मुलुकहरूबाट मागपत्र आएपछि उक्त मुलु्कस्थित रहेको नेपाली नियोगले जाँचबुझ गर्नेछ। र मौसमी रोजगारसँग सम्बन्धित छुट्टै इकाईमा प्रविष्ट गर्नुपर्नेछ।
कोरियाली समाचार हेर्नको लागि तलको लिंक ओपन गर्न सक्नुहुनेछ
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय