Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

इपिएस कामदारको समय सिमा ,कार्याक्षेत्र भिषा प्रणाली लगायत क्षेत्रहरुमा ब्यापक हेरफेर

दिर्घकालिन सेवा लागु गर्ने तयारी

 

मिन बि क दक्षिण कोरिया

दक्षिण कोरियाको रोजगार केन्द्र नोदोंग्बुले बिदेशी कामदारलाई लक्षित गरेर बिगतको नियमलाई परिमार्जन गर्नको लागी निर्देशीका जारी गरेको छ। नोदोंग्बुले जारी गरेको निर्देशीकालाई आधार मानेर अध्यागमन बिभाग तथा न्याय मन्त्रालयले आधारहरु प्रस्तुत गर्दै कार्यान्वयन गर्ने तथा थप परिमार्जन पनि गर्न सक्नेछ।

नोदोंग्बुका अनुसार इपिएस प्रणालीलाई ब्यापक परिमार्जन तथा स्तरोन्नति गर्ने गरि निर्देशीका जारी गरेको छ। २०२२ डिसेम्बर २९ तारिकको दिनमा प्रकाशीत निर्देशीका अनुसार इपिएस कामदारहरुको कार्याक्षेत्र लाई थपिएको छ। इपिएस कामदारहरु बिशेषत उत्पादन / कृषी तथा पशुपालन / मत्स्यपालन / निर्माणमा आउने गरेकोमा यसको कार्यक्षेत्रको दायरालाई थप फराकिलो बनाएको छ। अबदेखि कृषि उत्पादन तथा वितरण केन्द्र, रेष्टुरेन्ट, होटल व्यवसाय, ठुला सवारी तथा यातायात व्यवसाय, उपभोग्य सामान भण्डारण तथा वितरण, ग्याँस तथा पेट्रोल पम्प , अण्डा वितरण, समुद्री भोजन वितरण, रिसाइक्लिंग, मासुजन्य बिक्रि वितरण , आवास तथा खानपान, क्याफेटेरिया, कुरियर व्यवसाय, यातायात टर्मिनलमा रसिद कटान , हाउसकीपिंग सेवा जस्ता सेवाहरुमा पनि इपिएस कामदार मगाउन पाउने छन्। यद्यपि यसको समष्टिगत कार्यान्वयन के कसरी हुनेछ न्याय मन्त्रालयले र कोरियाको मानब संसाधन विभागको निर्देशीका पर्खनुपर्नेछ।

नोदोंग्बुको निर्देशिका अनुसार इपिएस कामदारलाई तिन तहमा बर्गिकरण गर्न सकिने र त्यसको मापदण्डका आधारमा समयसीमालाई हेरफेर गर्न सकिने भनिएको छ। जसम्म अदक्ष / दिर्घकालिन र अर्धदक्ष र गरि छुट्टाईएको छ। अदक्ष कामदारको हकमा भिषा अवधिलाइ पुरानै ४ बर्ष १० महिना बस्ने पुन आउने र पुन ४ बर्ष १० महिना बस्ने फर्किने हुनेछ यसर्थ यो पुरानै नियमलाई यथावत राख्न सखिने भनिएको छ। अर्धदक्ष कामदारको हकमा १० बर्ष भिषा अवधी तोकियाका छ भने दीर्घकालीन कामदारको हकमा मापदण्डहरु पुरा गरेको खण्डमा कोरिया प्रवेश गरेको पांच बर्ष पछि समयसीमालाई न्युनतम दश बर्ष त्यसपछि पनि थप्न सकिने जनाएको छ । तर कति थपिने भन्ने निश्चित गरको छैन। यो एउटा दिर्घकालिन योजना हो। यसले कामदारलाई एउटा काममा पूर्ण दक्ष तथा एउटै स्थानमा कार्य गर्ने वातावरणको सृजना गर्न सहयोग पुग्ने जनाएको छ।

दिर्घकालिन कामदारको लागी मापदण्डमा
१- उत्पादन क्षेत्र सम्बन्धी :-एउटै प्रकृतिको कार्यक्षेत्रमा ३० महिना काम गरेको साथै कोरिया प्रवेश गर्दा शुरुको कम्पनीमा २४ महिना काम गरेको हुनुपर्ने
उत्पादन बाहेक :- एउटै प्रकृतिको कार्यक्षेत्रमा २४ महिना साथै शुरुमा कोरिया प्रवेश गरेको कम्पनीमा १८ महिना काम गरेको हुनुपर्नेछ। – ब्यबसायिक दक्षता भएकालाई बिशेष प्राथमिकता दीने छ जसमा कम्तिमा ६ महिनाको अनुभव हुनुपर्नेछ। कुनै संघ संस्था कम्पनि ले दिएको तालिममा भाग लिएको प्रमाणपत्र / कम्पनीले गर्ने बिशेष प्रशिक्षण तथा सम्बन्धित देशमा प्राप्त गरेको योग्यता हरुलाई पनि समावेश गर्न सक्नेछ।
2- कोरियाली भाषामा ३ लेभल उत्तिण गरेको हुनुपर्ने
यी सबै योग्यताहरु पुरा भएको खण्डमा दीर्घकालीन सेवाको विशेष प्रमाणपत्र जारी गरिन्छ जसको भिषाको सिमा न्युनतम १० बर्ष र थपिदै जानेछ।
र अर्को हो दक्ष कामदार जुन इपिएस मार्फत कोरिया प्रवेश गरेर इ -७-४ भिषा प्राप्त गरेका छन् उनीहरुको संख्या आउदो बर्षदेखी बढाएर ५००० जना पुर्याईएको छ।

बृस्तितमा जान्न खोज्नेहरुको लागी नोदोंग्बुले जारी गरेको तलको लिंक डाउनलोड गर्न सक्नुहुनेछ

https://moel.go.kr/news/enews/report/enewsView.do?news_seq=14465

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय