Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा E-9 भिषामा हुनेहरुलाई थप सुविधा, परिमार्जन हुँदै  नियम। 

 

मीन बि क
सौल दक्षिण कोरिया ।
 दक्षिण कोरियाले E-9 भिषा वाहकको लागि लगाउदै आएका विभिन्न नियमहरुलाई परिमार्जन गर्दै नयाँ नियम लागू गर्ने अन्तिम तयारी गरेको छ ।
     कोरियाको न्याय मन्त्रालय ,श्रम बिभाग तथा प्रवासी मजदुर युनियनको संयुक्त टास्क फोर्सले कोरियामा विदेशी कामदारहरुलाई गरिएको ब्यबहारिक विभेदलाई न्यूनीकरण गर्नको निमित्त नयाँ प्रावधान लागू गर्न लागेको प्रवासी मजदुर युनियनका महासचिव मधुसूदन ओझाले बताए ।
      प्रवासी मजफुर युनियनको निरन्तर विरोध तथा कोरियामा प्रवासी मजदुरले भोग्दै आएका समस्याहरुको निरन्तर ताकेताले गर्दा अलिकती भए पनि न्याय दिलाउन सकेको भान भएको ओझाले बताए ।
 परिमार्जन हुने नियममा पुर्व राष्ट्रपति पार्क ह्युनेको पालामा अध्यादेश मर्फत लगाएको खिसुक्सा सम्बन्धि नियम परिमार्जन हुने  भएको छ । जसमा कम्पनी साहुले आफुखुशी मनलाग्दी रकम उठाउदै आएकोमा अब पुर्ण रुपमा ब्यबहारिक रुपमा लागू हुंदैछ । एउटा कोठामा  3/4 जना राख्ने ,कन्टेनरमा राख्ने ,सेवा सुविधा केही पनि नभएपनी पैसा भने कामदारको ज्यालाबाट काट्ने गरेकोमा अब परिमार्जन हुने नियम अनुसार साहुले एउटै कोठामा मनलाग्दी राखेर आफू खुशी रकम काट्न मिल्ने छैन ।
 नयाँ आउने नियमानुसार कन्टेनरमा राखेमा जस्तोसुकै सेवा सुविधा सम्पन्न भएपनी साहुले बसोबासको शुल्क लिन नपाउने भएकोछ । भने पक्की भवनमा भने शुल्क लिन पाउने भएको छ । पक्की भवनको शुल्कमा पनि पहिला पहिला जस्तो 3/4 जना एउटै कोठामा राखेर प्रत्येक बाट तलबको 8% सम्म लिन नपाउने भएका छन । अब शुल्क लिदा त्यो क्षेत्रमा भाडामा लिदा चलिआएको कोठाको निर्धारित शुल्क मा साहुले आधा र कामदारले आधा मात्रै तिर्नुपर्नेछ ।
अर्को नियम के परिमार्जन हुंदैछ भने इपिएअ कामदारको रुपमा कोरिया भित्रिएपछि 2/3 महिनामै काम छोड्ने बिदेशी कामदार बढ्दै गएपछी कम्तीमा पनि 1 बर्ष आएको कम्पनिमा बस्नै पर्ने त्यसपछी आफुखुशी कम्पनी परिवर्तन गर्न पाउने गरि नियम आउन लागेको मधुसूदन ओझाले बताए ।  यसले गर्दा धेरै  कामदारहरु आफुले चाहेको कम्पनिमा काम गर्न पाउनेछन यो अहिलेको लागि राहत भएपनी हामीले आउने बित्तिकै आफुखुशी परिवर्तन गर्न पाउने गरि लागि परेको ओझाले हेल्लोकोरिया नेपालसंगको कुराकानीमा बताएका छन ।
दक्षिण कोरियामा कामदारको व्यापक अभाव सृजनालाई परिपुर्ति गर्नको लागि कोरियाले बिस्तारै बिस्तारै बिदेशी कामदार लक्षित कार्यक्रम तथा नितिहरुमा फुकुवा गर्दै गईरहेको छ । यसले गर्दा भविस्यमा थप सहज बनाउने कुराको अनुमान गर्न सकिन्छ ।
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय