Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियन भाषा बोल्ने कला प्रतियोगितामा नेपालका वायु पौडेल प्रथम , जिते ५ लाख वन

      दक्षिण कोरियाको राजधानी सउल स्थित  ५७६ औं  कोरियन भाषा दिवसको उपलक्ष्यमा  बिदेशीहरुमाझ कोरियन भाषामा बोल्ने कला  प्रतियोगितामा   “तनावमुक्त सुखी जीवनका लागि बुद्धका शब्दहरू” भन्ने विषयमा प्रस्तुति दिएर  नेपालका वायु पौडेलले  प्रथम स्थान हासिल गरेका छन ।
    यस कार्यक्रममा ६ देशका १६ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै दाङका बायु पौडेल‘ प्रथम भएका उनले सम्मानपत्र सहित ५ लाख कोरियन वन जितेका छन । कोरियाको भाषा प्रतियोगीतामा संभवत यो सबैभन्दा ठूलो प्रतियोगिता हो ।
The Jogye Order of Korean Buddhism ले द. कोरियाको राजधानी सौल मा गरेको यो चौथो प्रतियोगिता हो ।
 
 नेपालबाट ५ बर्ष अगाडि  एपिएस कामदारको रुपमा कोरिया प्रवेश गरेका वायु पौडेल कृषि क्षेत्रमा कार्यरत छन । कम्पनिमा विदेशी नागरिक आफू मात्रै भएकोले सबै समयमा कोरियन भाषा मात्रै बोल्न पर्ने हुनाले उनको भाषागत क्षमता मजबुत बन्दै गएको उनी बताउँछन ।  बुद्द जन्मेको देशमा जन्मिएका बायुले बुद्दको शान्तिको सन्देशले तनाव रहित जिवन यापन गर्न पुर्याउने योगदान लगायत बुद्द जन्मेको देश नेपाल रहेको भन्दै प्रवर्द्धन गरेका थिए भने बुद्दको सन्देश जिवनयापन गर्ने महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने बताएका थिए ।
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय