Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दक्षिण कोरियामा आगामी हप्ता सोमबार देखी यस्तो नियम लागु हुँदै !

गुरुदत्त न्यौपाने/सिओल

दक्षिण कोरिया सरकारले आउदो हप्तादेखी बाहीर भिडभाडमा हुँदा अनिवार्य मास्क लगाउनुपर्ने बाध्यात्मक नियम हटाउने निर्णय गरेको छ।

कोभिड सङ्क्रमणको दर घटदै गएपछी यहाँको सरकारले बाहिर भिडभाड तथा कन्सर्ट साथै खेलकुद का्यक्रमहरुमा अनिवार्य रुपमा मास्क लगाउनुपर्ने नियम हटाउने निर्णय गरेको हो।

सोमबार देखी लागु हुने नियम अन्तर्गत ५० वा सो भन्दा बढी व्याक्तिहरुको बाहिरी जमघट हुने स्थान हरु ,खेलकुदका ठुला कार्यक्रम तथा कन्सर्टहरुमा मास्क अनिवार्यता हटने भएको हो ।

हाल को नियम अन्तर्गत यस्ता ठुला कार्यक्रम,जमघट तथा भेलाहरुमा मास्क नलगाउने व्याक्तिहरु ले जरिवाना तिर्नुपर्छ।सोमबार देखी भने यो नियम हटेर मास्क फ्रि बन्ने भएको हो।

विशेषज्ञहरु संगको अन्तर्क्रिया पछी प्रधानमन्त्री हान डक सु ले सरकारी प्रतिक्रिया बैठकमा कोभिड सङ्क्रमण नियन्त्रण उन्मुख रहेको भन्दै मास्क अनिवार्यता हटाउने निर्णय भएको हो।

मौषमी ईन्फ्लुएन्जा तथा अरु सङ्क्रामक रोगहरु नियन्त्रणको लागी भने मास्क लगाउन सुझाईएको छ।

गत मे मा सरकारले व्याक्तिगत आउटडोर मास्क जनादेश हटाएको थियो तर खेलकुद र कन्सर्ट कार्यक्रमहरू, र बाहिरी र्‍यालीहरू जस्ता ठूला आउटडोर समूह जमघटहरूको लागि मास्क नियम यथावत राखेकोमा आगामी हप्तादेखी त्यो समेत हटने भएपछी लामो समयदेखी कोरियाबासी हरु मास्क लगाउनुपर्ने झन्झटबाट मुक्त हुने भएका छन

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय