Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

२०२२ मा ईपीएस पास गरेका नेपाली कामदार अक्टोबर पहिलो साताबाट कोरिया जान पाउने

सिओल

सन् २०२२ मा कोरियन भाषा (ईपीएस) पास गरेका नेपाली अक्टोबर पहिलो सातादेखि कोरिया जान पाउने भएका छन् । इपीएस पास गरेकाहरू यतिबेला रोजगारदाताले पठाएको सम्झौता पत्रमा हस्ताक्षर गरिरहेका छन् ।

सम्झौतामा हस्ताक्षर गरिसकेपछि भिसा आउने र त्यसपछि कोरिया जान पाउने वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले जनाएको छ । ‘पास भएकाहरू असोजको अक्टोबर हप्तादेखि कोरिया उड्न थाल्नेछन् । अहिले भिसाको फारम भर्ने काम भइरहेको छ । त्यो सकिएपछि उडान तालिका सार्वजनिक गर्छौ र त्यही अनुसार क्रमिक रूपमा कोरिया जान पाउनुहुनेछ ।’ इपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले भने ।

अहिले कोरोना महामारीका कारण २०१७ देखि २०२१ सम्म भाषा पास गरेर जान नपाएकाहरू गइरहेका छन् । त्यसका लागि असोज ३,४ र ५ गतेका लागि हवाई उडान तालिका सार्वजनिक गरेको छ । उनीहरूलाई भदौ ३१ गतेभित्र आवश्यक कागजात बुझाउन भनिएको छ । पुरानाहरू गइसकेपछि सन् २०२२ मा पास भएकाहरू जान पाउने निर्देशक कटुवालको भनाई छ । कोरिया जान चाहेन कामदारले अनलाइन मार्फत श्रम स्वीकृति लिनुपर्नेछ । अनलाइन दर्ता गर्दा ६ वर्षे वैदेशिक रोजगार म्यादी जीवन वीमा र कल्याणकारी कोष वापत २ हजार ५०० अनलाइनबाटै भुक्तान गर्नुपर्ने ईपीएस कोरिया शाखाले जनाएको छ ।

रोजगार अनुमती प्रणाली व्यवस्थापन शुल्क वापत ४६.२० डलर समेत जम्मा गर्नुपर्नेछ । दक्षिण कोरिया पुगिसकेपछि क्वारेन्टाईन बस्नु पर्दैन । तर, कोभिड जोखिम वीमा गर्नुपर्नेछ । कामदारको सम्झौता अवधि ५ वर्षको हुनेछ । सन् २०२२ को इपीएस परीक्षामा उत्पादनमूलक क्षेत्रमा ७ हजार १४२ जनाले पास गरेका छन् । भने कृषि तथा पशुपालन क्षेत्रतर्फ एक हजार १०८ जनाले पास गरेको ईपीएस कोरिया शाखाले जनाएको छ ।

इपीएस मार्फत अहिलेसम्म ७३ हजार नेपाली कोरिया गइसकेका छन् । अहिले पनि ३३ हजार नेपाली कोरियामा कार्यरत छन् । सन् २०२२ मा नेपालबाट अहिलेसम्मकै सबैभन्दा धेरै कामदार जान लागेका हुन् । यसअघि दुई देखि ५ हजारको हाराहारीमा जाने गरेका थिए । यो पटक भने झण्डै १० हजारको हाराहारी नेपाली कामदार कोरिया जान लागेका हुन । कोरियामा इपीएस मार्फत कामदार पठाउनेमा नेपाल दोस्रो स्थानमा पर्छ । अबको केही वर्षमा नेपाल धेरै कामदार पठाउनेको पहिलो नम्बरमा रहेको निर्देशक कटुवालको भनाई छ ।Setopati

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय