Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दक्षिण कोरियामा अगस्ट महिनामा मात्रै ७८ जनाले कार्यस्थलमा ज्यान गुमाए ,बर्षमा ८१२ जना

बिहान काम गर्न  घरबाट निस्किएका ७८ जना अगष्ट महिनामा बेलुकी घरमा फर्किन पाएनन। काम गर्दा कार्यस्थल दुर्घटनामा परि उनीहरुको ज्यान गएको हो।
यि मध्ये ३३ जना माथिबाट लडेर ,१५ जना च्यापिएर ,७ जना कार्यस्थल भन्दा बाहिर सडक दुर्घ्टनामा परेर , ७ जना करेन्ट लागेर र अन्य बिभिन्न कारण् ले ज्यान गुमाउन पुगे । कार्यस्थलमा हुने गरेको लापर्बाहिको कारण सयौंको संख्यामा मजदुरले अकालमै आफ्नो ज्यान गुमाई रहेको छन ।


कोरियाको एक संचार माध्यमका अनुसार गत बर्ष २०२१ सेप्टेम्बर महिनादेखि अहिले सम्म अर्थात २०२२ को अगष्ट महिनासम्ममा ज्यान गुमाउने मजदुरको संख्या ८१२ जना रहेको जनाएको छ। १ बर्षभित्रमा यति ठुलो सख्यामा कोरियाको कार्यस्थलमा ज्यान गुमाउनाले कोरियाको कार्यक्षेत्र अत्यन्त असुरक्षित रहेको जनाउदछ।
कोरियाको कार्यक्षेत्रमा ज्यान गुमाउने विदेशीहरुको संख्या पनि उत्तिकै छ , जसमा कार्यस्थलमा अकालमा ज्यान गुमाउने नेपालीहरुको संख्या पनि धेरै रहेको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय