Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दक्षिण कोरियामा पुर्व प्रेमिले श्रीमानको कारको ब्रेक पाईप काटिदिएपछी ,

ख्यङ्गसाङ्गबोक -दो को पोहाङ्गमा बस्ने एक जना कोरियनले आफ्नी पुर्व प्रेमिकाको श्रीमानको पार्किङमा राखेको कारको ब्रेकपाईप काटिदिएका छन ।

कार चलाएपछी दुर्घटना गराउने र ज्यान मार्ने उद्देश्यले उनले ब्रेकपाईप काटोदिएको आशंका गरिएको छ । उक्त पाईप काट्ने ब्यक्ति संग लामो समयसम्म प्रेम गरेर उनकी प्रेमिकाले कुनै माफी पनि नमागी अर्कै संग बिबाह गरेकोले आफू मानसिक रुपमा विक्षिप्त बनेको पाईप काट्ने ब्यक्तिले प्रहरीकोमा बयानमा भनेका छन ।

पार्किङमा राखिएको सिसिटिभी निगरानी गर्ने कर्मचारीले उक्त कार्य संकास्पद लागेको ले केही समय पछि हेर्न जादा कारको ब्रेकमा तेल जाने पाईप काटिएको र तेल चुहिएको अवस्थामा फेला परेको थियो ।

समयमै जानकारी भएकोले कुनै मानबिय क्षती हुन भने नपाएको प्रहरीले बताएको कोरियाको समाचार माध्यमले छापेका छन । उक्त कार धनिले आफ्नो सम्पत्तिमा क्षती पुर्याएको र ज्यान मार्ने उद्योगमा पाईप काट्ने ब्यक्तिलाई सजायको माग गर्दै उजुरी दर्ता गरेका छन । उनलाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय