Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियाको एक कम्पनीमा नेपालीद्वारा सुतिरहेका नेपालीकै हत्या,यसरी भएको थियो हत्या

मिन बि क

दक्षिण कोरियाको एक कम्पनीको होस्टेलमा सुतिरहेका सहकर्मीलाई निदाएको बेलामा धारिलो छुरा प्रहार गरी हत्या गरेका छन्।
छुङछनबोक्दो जिन्छन प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धान लाई आधार मान्दा  पाँचथर घर भएका राजेश बुढाथोकीले  नुवाकोट घर भएका प्रकाश बि क लाइ  घाँटीमा चक्कु प्रहार गरि हत्या गरेको  कोरिया स्थित नेपाली राजदुतावासलाई जानकारी गराएको छ ।  उक्त कम्पनीमा कार्यरत नेपाली सहकर्मीले  भने कोरियाका मिडियाहरुमा  मादक पदार्थ सेवन गरेर झगडा भएको भनेर जसरी  समाचारहरु प्रकाशित भए त्यो गलत भएको  दावी गरेकाछन । प्रकाश बि क ले मादक पदार्थ सेवन गर्ने नगरेको कम्पनिका साथीहरु बताउँछन् ।

हत्या गर्ने राजेश बुढाथोकी एक महिना अगाडी मात्रै कोरिया प्रवेश गरेका थिय भने प्रकाश बि क ५ महिना अगाडी कोरिया आएका थिए।
उनीहरुलाई कम्पनीको होस्टेलमा संगै राखेको थियो।
कम्पनीमा कार्यक्रत साथीहरुका अनुसार हत्या आरोपी राजेश बुढाथोकी यस भन्दा अगाडि पनि १ वर्ष कोरिया बसेर बिरामी भएकोले नेपाल फर्किएर पुन परिक्षा दिएर कोरिया आएको बुझिएको छ।
मंगलबार बेलुकी ८ बजेसम्म काम गरेका  उनिहरु खाना खाएर सबै साथीहरु  आ आफ्नो कोठामा सुतेका थिए। राती करिब ११:४० को समयमा अचानक हल्ला गर्दै बचाउ बचाउ भन्दै राजेश बुढाथोकी बाहिर निस्किएपछि कम्पनीमा कार्यरत अन्य साथीहरु पनि निस्किएका थिए। साथीहरु बाहिर निस्किदा हातमा चक्कु लिएर बाहिर निस्किएका राजेश बुढाथोकीको ब्यबहार असामान्य देखेपछि साथीहरु कोठामा बस्न पनि डराएका थिए ।

उनिहहरुले तत्काल प्रहरीलाई फोन गरेका थिए। उनको असामान्य ब्यबहारले गर्दा भित्र जान नसकेकोले प्रहरी आयपछी  मात्रै  प्रहरीसंगै अन्य साथीहरू बि क र बुढाथोकीको  कोठामा प्रवेश  गरेका थिए। प्रहरी आईपुगेपछि कम्पनीमा भएका साथीहरु सहित उक्त आरोपिको कोठामा प्रवेश गर्दा आरोपीको  घाँटीमा चक्कु प्रहार गरि  शक्त घाइते अवस्थामा लडेका   थिय भने  प्रकाश बि क घांटी रेटिएको अवस्थामा मृत भेटीएका थिए। प्ररम्भिक अनुसन्धान र घटना स्थललाई अवलोकन गर्दा प्रकाश बि क लाई सुतेकै अवस्थामा हत्या गरि आफैले आफ्नो घाँटीमा चक्कु हानेको जस्तो देखिएको छ ।  केहि घण्टा ढिलो भएको भए आरोपिको पनि ज्यान जान सक्ने  अवस्था देखिएको थियो भने उनको शरिरबाट रगत धेरै बगिसकेको थियो। उनले साथीको हत्या गरेर आफु बच्नको लागी साथीसंग झगडा भयो भन्ने देखाउन आफ्नै घाँटीमा चक्कु हानेको प्रहरीले आशंका गरेको छ । थप अनुसन्धान पछि सत्य तथ्य खुल्नेछ ।

६ जना  नेपाली कामदार भएको उक्त कम्पनीमा बिगत १० बर्ष देखि काम गरिरहेका नाम नबताउने सर्तमा रहेका एक जना नेपालीका अनुसार प्रकाश बि क अत्यन्त मिलनसार रहेको झैझगडा नगर्ने सबैलाई आदर गर्ने मिठो बोल्ने मदिरा सेवन नगर्ने  प्रकृतिको ब्यक्ति भएको बताएका छन् भने हत्याको आरोपी राजेश बुढाथोकी शुरु शुरुमा प्रकाश बि क संग संगै बसेर खाना खान नखोज्ने पर पर हुने टाढिन खोज्ने  जस्ता अमानवीय व्यबहार देखाउने गरेको  कम्पनीमा कार्यरत सहकर्मी  साथीहरुले बताएका छन्।
कोरियाको संचार माध्यममा आएका समाचारहरुमा मादक पदार्थ सेवन गर्दा झगडा परेर हत्या भयो भन्ने कुराको खण्डन गर्दै कम्पनीमा संगै काम गर्ने र संगै जोडीएको होस्टेलमा बस्ने हामीहरुले झगडा गर्दा बोलेको आवाज केहि पनि नसुनेको बताउँछन यदि झगडा गरेकै भए के हि न के हि आवाज आउथ्यो अथवा ड्याङ्ग डुंग के हि आउनु पर्ने हो त्यस्तो केहि पनि नसुनेको  संगैको कोठाका साथीहरु बताउँछन

हत्या आरोपीलाई  हाल प्रहरीको निगरानीमा अस्पतालमा उपचार गराईएको  छ भने मृत शरिरको पोस्ट मार्टमको लागि लगिएको छ । पोस्ट मार्टम रिपोर्ट लगायतका   थप अनुसन्धान हुँदै गरेको र सत्य तथ्य कुरा बृस्तित रुपमा बाहिर ल्याउनुका साथै  हत्या आरोपीलाई कोरियाको कानुन बमोजिम सजाय हुने कोरिया स्थित नेपाली दुतावासले जनाएको  छ।

 

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय