Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियाले सेप्टेम्बर ३ तारिख मध्यरात देखी नयाँ नियम लागु गर्दै !

गुरुदत्त न्यौपाने/सिओल

दक्षिण कोरियाले कोभिड भाईरस सङ्क्रमण तथा ओमिक्रोनको फैलावट कम हुने आशा व्यक्त गर्दै अव आउँदो सेप्टेम्बर ३ तारिख शनिबार देखी कोरिया प्रवेश गर्ने सम्पुर्ण यात्रुहरुका लागी कोरिया प्रवेश गर्नुपुर्व ४८ घन्टा अघिको पिसिआर परिक्षण रिपोर्ट पेश गर्नुपर्ने बाध्यात्मक नियम हटाउने भएको छ।

राज्य संक्रामक रोग सल्लाहकार समितिले सरकारलाई कोरिया प्रवेश गर्ने यात्रुहरूका लागि अनिवार्य प्रि-ट्राभल (पीसीआर) परीक्षण हटाउन सिफारिस गरेपछि कोरिया सरकार ले यस्तो नियम लागु गर्ने भएको हो।

अव आउदो सेप्टेम्बर ३ तारिखको शनिवार मध्यरात देखी कोरियन नागरिक तथा विदेशी यात्रुहरुले कोरिया प्रवेश गर्दा कोभिड सङ्क्रमण नेगेटिभ पिसिआर रिपोर्ट पेश गर्नुपर्ने छैन।

हाल कोरिया प्रवेश गर्ने यात्रीहरूले आफ्नो पिसिआर परीक्षणको ४८ घण्टा भित्रको नेगेटिभ रिपोर्ट र द्रुत एन्टिजेन परीक्षणको २४ घण्टा भित्रको नेगेटिभ नतिजा देखाउन अनिवार्य छ।

यद्यपि यात्रुहरूले कोरिया आइपुगेको पहिलो २४ घण्टाभित्र पीसीआर परीक्षण अनिवार्य गर्नुपर्छ, विदेशबाट आउने कुनै पनि प्रकारको प्रवाह र फैलावटलाई रोक्नको लागी कोरिया प्रवेश गरेको २४ घन्टाभित्र पिसिआर भने अनिवार्य गरिएको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय