Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा कमिटेड सम्बन्धि नियममा परिबर्तन , प्रवासी श्रमिकको कोटामा पनि बृद्वी

सौल दक्षिण कोरिया ,
दक्षिण कोरियाले प्रतिबद्व कामदार अर्थात कमिटेड सम्बन्धि नियममा केहि परिबर्तन गर्ने भएको छ l परिबर्तित हुने नियमानुसार कामदारले काम गर्ने अन्तिमको कम्पनीमा कम्तिमा पनि एक बर्ष काम गरेको, ४ बर्ष १० महिना एउटै कम्पनीमा काम गरेको वा अन्तिमको कम्पनीमा १ बर्ष नपुगेतापनि कम्पनीको कारणले कम्पनि परिबर्तन गरेको कामदारले जस्तोसुकै कम्पनी वा कृषि क्षेत्रमा काम गरेको व्यक्ति कमिटेड आउन पाउने भएका छन l स्मरण रहोस यसभन्दा पहिला एक सय जना जना भन्दा धरै कामदार भएको कम्पनीमा काम गर्ने बिदेशी कामदार कमिटेडको रुपमा आउन नपाउने नियम थियो l
प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राइले एमटियुको आधिकारिक युट्युब च्यानल मार्फत जानकारी दिदै यस प्रकारको नियम कानुन मन्त्रालयबाट स्वीकृत भैसकेकोले आगामी महिनामा सुचना प्रकाशीत हुने र सुचना प्रकाशीत लगत्तै कार्यान्वयनमा जाने जनाकारी गराउनु भएको छ l अबको नियम अनुसार कम्पनीमा १ जना देखि जतिसुकै कामदार भए पनि अन्यव्यक्तिगत नियमका कारण बाहेक प्रवासी श्रमिक कमिटेडको रुपमा पुनः कोरिया प्रवेश गर्न पाउने छन l
त्यसैगरी राइले कम्पनि परिबर्तन गरेपनि अन्तिम कम्पनीमा १ बर्ष काम गरेमा कमिटेड कामदारको रुपमा पुन कोरिया आउन पाउने सम्बन्धि नियम २०२५ सम्म मात्र भन्ने कुरा भ्रम भएको बताउनु भएको छ l उहाले २०२५ पछी केहि नियम हेरफेर भएपनि लागु भएको नियम हटेर नजाने बताउदै ढुक्कले कोरोना भिसा थप गरेर बस्न सबै प्रवासी श्रमिकलाई आग्रह गर्नु भएको छ l साथै प्रवासी श्रमिकले सुचना तथा जनाकारी लिदा आधिकारिक रुपमा लिने बानी बसाल्न पनि आग्रह गर्नुभएको छ l
टिकटक वा बिभिन्न माध्यमबाट अपुष्ट जानकारी लिदा वा दिदा भ्रम पर्ने रहेछ धेरैजनाले सम्पर्क गर्नु हुन्छ, एमटियुलाइ जवाफ दिदा दिदा निकै गार्हो भएको छ l त्यस्तो नगर्न म सबैजनालाई आग्रह गर्दछु त्यस्तै नयाँ आउनेको लागी आइडी कार्ड नबन्दै कार्यस्थल परिबर्तन गर्न पाइदैन भन्ने भ्रम धेरैमा रहेकोले अब उप्रान्त यस्तो भ्रम नराख्न पनि आग्रह गर्दै नयाँ कम्पनीमा गएर पनि कार्ड बनाउन मिल्ने कुराको जानकारी दिनुभयो
त्यसैगरी कोरियाले दिदै आएको प्रवासी श्रमिकको कोटामा पनि बृद्वी गरेको छ l हाल सम्म बार्षिक ५९ हजार दिदै आएकोमा अब १० हजार थप गरि ६९ हजार पुर्याउने भएको छ l कम्पनीहरुलाई पनि प्रवासी श्रमिकको कोटामा बृद्वी गरेको छ l जसबाट हजारौ प्रवासी श्रमिकहरु लाभान्वित हुने देखिन्छ l

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय