Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

नाम लामो भएको कारण कोरियाको एक बैङ्कले खाता खोल्न नदिएपछी यस्तो भयो ।

दक्षिण कोरियाको एक स्थानिय बैङ्कले नाम लामो भएको भन्दै बैङ्कमा एक विदेशीको नाममा बैङ्क खाता खोल्न अस्विकार गरेपछी उनले दक्षिण कोरियामा रहेको रास्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका छन।

करिव १३ महिना पहिले उक्त विदेशी नागरिकले आफ्नो स्वरोजगार व्यवसायको लागी आफ्नो नाममा बैङ्क खाता खोल्न बैङ्कले अस्विकार गरेपछी उनले मानव अधिकार आयोगमा निवेदन दिएका थिय।

उनले आफुले उक्त बैङ्कमा खाता खोल्न नपाएपछी विदेशी नागरिक भएको र नाम लामो भएकै कारणले खाता खोल्न नपाउनु भेदभावपुर्ण भएको भन्दै निवेदन दिएका थिय।

निवेदन दिएको करिव १३ महिना पछि यहाँको मानव अधिकार आयोगका पर्यवेक्षकले नाम लामो भएको र विदेशी भएकै कारणले खाता खोल्न अस्विकार गर्नु भेदभावपुर्ण भएको बताएका छन।

यस विषयमा बैङ्कसंग बुझ्दा बैङ्कले आफ्नो कम्प्युटिङ प्रणालीमा २० अक्षर भन्दा बढी अक्षर भएको नामको खाता खोल्न मिल्ने सफ्ट्वेयर नभएको कारणले अस्विकार गरिएको बताएको छ।साथै विदेशी या कोरियन यो विषयमा कसैको पनि रास्ट्रियता हेरेर व्यवहार नगरिएको उल्लेख गरेको छ।

बैंकले ग्राहकको नाम २० अक्षरभन्दा बढी हुन सक्ने सम्भावनालाई सुनिश्चित गर्न आफ्नो प्रणालीमा सुधार गर्न सकिने बताएको छ, तर लागतका कारण ढिलाई भएको पनि जनाएको छ यधपी अर्को कम्प्युटिङ प्रणाली निर्माण गरी प्रणाली स्तरोन्नति गर्नेतर्फ विचार गरिरहेको बैंकले जनाएको छ ।

आयोगका अनुसार बैङ्कले विदेशी ग्राहक भनेर प्रत्यक्ष भेदभाव गरेको भनेर यसै भन्न नसकिने तर बैङ्ककै कारणले कुनै व्याक्तीलाई खाता नखोलेको कारणले ठुलो नोक्सानी पुर्याएको खन्डमा यसलाई समेत अप्रत्यक्ष रुपमा भेदभाव मानिने उल्लेख गरेको छ।

आयोगले कुनैपनी व्यावसाय बैङ्क खाता खोल्दा अक्षरको लम्वाई सिमित गर्न नहुने र यस्तो भएमापनि बैङ्कले आगामी दिनमा यो प्रणालीलाई सुधार तथा परिमार्जन गर्नुपर्ने बताएको छ।कोरियाका पाँच ठुला लोन प्रदायकहरुले आफ्नोमा त्यस्तो नामको अक्षरको सिमितता नभएको जनाएको छ। koreapati

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय