Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियाले दिने भनेको विशेष भिषा ( F-2 ) के हो ? कुन क्षेत्रमा लागू हुदैछ ? 

 मीन बि क दक्षिण कोरिया,
     दक्षिण कोरियाले बिदेशी नागरिकहरुलाई निश्चित क्षेत्रमै बसाईराख्नको लागि भिषा प्रणालीमा नै परिवर्तन गर्दै नयाँ भिषा प्रणाली  F-2 लागू गर्दैछ । शुरूआतमा 500 जनाबाट परिक्षण शुरु हुने बताईएको  यस  भिषा प्रणाली अन्तर्गत भिषा प्राप्त गर्ने बिदेशी नागरिकहरुले परिवारसहित कोरिया बस्ने अनुमती प्राप्त गर्नुको साथै सन्तानहरुले पठनपाठन पनि कोरियामा गर्न मिल्नेछ भने एक पटक जुन क्षेत्रबाट भिषा प्राप्त गरेको हो त्यही क्षेत्रमा मात्रै बसोबास गर्नुपर्नेछ अन्यथा भिषा नथपिने कोरियाको कानुन मन्त्रालयले निकालेको सुचनामा भनिएको छ ।
        यश भिषा योजना 2022 अक्टोबर 4 देखि 2023अक्टोबर 3 सम्ममा यस योग्य ब्यक्तिहरुले  भिषाको लागि आवेदन दिन  सक्नेछ्न। यस परियोजना आफ्नो क्षेत्रमा लैजानको लागि कोरियाली न्याय मन्त्रालयले तोकेके क्षेत्रले संबंधित निकायमा 2022जुलाई 25 देखि अगष्ट 19 सम्म आवेदन दिनुपर्नेछ। त्यसमध्ये   जनसंख्या निकै कम भएको तथा आवश्यकताको आधारमा  क्षेत्र तथा बिदेशी कामदार आवश्यक भएको क्षेत्रमा लागू गरिनेछ । हाललाई 5 क्षेत्रमा नमुनाको रुपमा लागू हुनेछ भने प्रभावकारी ठहरिएको खण्डमा  89 क्षेत्रमा  लागू गर्ने योजना रहेको छ ।  निम्न क्षेत्रहरूमा लागू हुदैछ ।
             कोरियाको कानुन मन्त्रालयको सुचनालाई आधार बनाउने हो भने यस भिषाको लागि योग्य ब्यक्तीहरुमा आवेदन दिने क्षेत्रमा लगातार 5 बर्षसम्म  बसोबास गर्नुपर्ने छ , टपिक तथा साह्वेथोङ्गआप प्रोग्राम 3 लेभल उत्तिर्ण गरेको हुनुपर्ने , स्नातक उत्तीर्ण हुनुपर्ने (कोरियाको प्रतिब्यक्ती आयको 70% बार्षिक आय हुनुपर्ने )  , आवेदन दिदा कम्तिमा पनि एक बर्षको रोजगार सम्झौता पत्र पेश गर्नुपर्ने लगायतका आधारहरु हुनुपर्नेछ । यस  भिषाको लागि E-9,E-10 ,E-8,G-1 D-3,D-4, E-6-2, भिषा भएकाले आवेदन दिन पाउने छैनन ।
F-4 भिषा प्राप्त गरेकाहरुले भने अन्य क्षेत्रमा बसोबास गरेपनी अबदेखि यी क्षेत्रमा सर्ने भएमा सजिलैसंग भिषा प्राप्त गर्न सक्ने तथा जुनसुकै कार्य गरेको भए पनि मान्यता दिईनेछ । उनिहरुको सन्तानहरुले पनि काम गर्ने अनुमती दिईनेछ ।
         भिषा न्युनतम 1 बर्ष दिईनेछ भने अवस्थाहरुको मुल्यांकन गर्दै थप 3देखि5 बर्ष हुँदै क्रमशः थपिदै जानेछ ।
पुर्ण विवरण तलको फोटोमा हेर्न सक्नुहुनेछ ।
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय