Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

E-9 भिषा हुनेहरुले काम गर्दै कोरियामै उच्च शिक्षा लिन मिल्ने गरि सर्वेक्षण शुरु ।

सौल दक्षिण कोरिया , दक्षिण कोरियाको अध्यागमन बिभागले कोरियामा आउने बिदेशी कामदारहरुलाई मध्यनजर गर्दै चाहाना हुने र कम्पनीले स्वीकृति दिएको खण्डमा पढ्ने चाहाना पूरा हुने गरि सर्वेक्षण थालेको छ ।

सर्वेक्षणले नतिजा राम्रो देखिएमा छिटै नै नियमलाई संशोधन भएर E-9 भिषामै रहेर थप अध्ययन गर्न मिल्ने वातावरण सृजना हुन सक्नेछ । अध्यागमन बिभागका अनुसार यश सर्वेक्षणले चाहाना राख्छन् कि राख्दैनन् ,कठिनाइ ,उपलब्धि  ,अध्ययनले कोरियाको कामलाई पार्ने प्रभाव , हुन सक्ने ब्यक्तित्व बिकास , कोरियाको जिवनशैली मा सहजीकरण लगायतमा सर्वे गरिरहेको छ ।

सर्वेक्षणले सहि निर्णय दिएको खण्डमा कोरियामा E-9 भिषामै रहेर थप अध्ययन गर्न मिल्ने हुन सक्छ । थप अध्ययन गर्न इच्छुक हुनेहरुलाई फाइदा पुग्न सक्छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय