Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

पाँच बर्षे कार्यकाल सकेर अव सादा जिवन विताउने भन्दै ट्रेन चढी आफ्नै गाउँ फर्किए पुर्व रास्ट्रपती मुन जे ईन!

पूर्व राष्ट्रपति मुन जे-इन र उनकी पत्नी किम जङ-सुक नव निर्वाचित राष्ट्रपति युन सुक-योलको उद्घाटन समारोहमा भाग लिएर मङ्गलबार दक्षिणपूर्वी सहर याङ्सानमा रहेको आफ्नो अवकाश गृहतर्फ प्रस्थान गरेका छन्।मुन र किम आफ्ना केही पूर्व सहयोगीहरू र मुख्य विपक्षी डेमोक्र्याटिक पार्टीका सांसदहरूसँगै सियोलबाट ४२० किलोमिटर दक्षिण याङ्सानमा रहेको उनको निवास तर्फ KTX हाई-स्पीड ट्रेनमा चढी फर्किएका छन।

मुन ले आफु घर फर्कनको लागी ट्रेन चढदै गर्दा आफ्ना समर्थकहरुलाई आफु स्वतन्त्र भएको भन्दै मुस्कुराएर हात हल्लाई विदा गरेका थिय।उनले आफु रास्ट्रपति हुँदाको बखत अवकाश पछाडी आफ्नै गाउँ फर्केर बस्ने प्रतिज्ञालाई पुरा गरेको र रास्ट्रपतिय कार्यकाल सकेर रास्ट्रपति कार्यालय छोडनुपरेको मा पछुतो नभएको बताएका थिय।

उनले आफ्नी श्रीमतीको काँधमा हात राख्दै अव म आनन्दित जिवन विताउने छु भन्दै समर्थक हरुलाइ आजसम्म साथ दिएकोमा धन्यबाद ज्ञापन गरेका थिय।“तिमी मेरो अनन्त सुपर स्टार” र “आई लभ मुन जे-इन” लेखिएको ब्यानरहरू हल्लाउँदै करिब १,००० समर्थकहरू मुन र किमलाई अभिवादन गर्न सियोल स्टेशनमा भेला भएका थिए।

पाँच वर्षको कार्यकाल पूरा गरी सोमबार पद छाड्नुभएका मुनले आफु अवकाश पछी अव राजनीतिमा संलग्न नहुने बताएका छन।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय