Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

रोकिएको ईपीएस अब फेरि सुरु हुने चरणमा रहेको कोरियाका राजदूतले जानकारी दिए ।

गृहमन्त्री खाँणसँग दक्षिण कोरियाका राजदूतको भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले शिष्टाचार भेटघाट गरेका छन् ।राजदूत चोङ सुक गृहमन्त्रीलाई भेट्न मंगलबार दिउँसो सिंहदरबारस्थित गृहमन्त्रालय पुगेका थिए।

गृहमन्त्री र राजदूतबीच नेपाल र दक्षिण कोरियाबीच आपसी सम्बन्ध थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ।भेटमा गृहमन्त्री खाँणले नेपालको भौतिक पूर्वाधार विकासमा दक्षिण कोरियाले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए।

त्यस्तै, उच्च शिक्षा अध्ययन गर्न नेपाली विद्याथीहरू कोरिया जाने गरेको र इपीएसको माध्यमबाट रोजगारीका लागि नेपालीहरूलाई कोरिया लगेकोमा दक्षिण कोरिया सरकार, कोरियाली जनता र कोरियाका उद्योगीको पनि गृहमन्त्रीले चर्चा गरेका थिए।पछिल्लो समय विविधतायुक्त संस्कृति तथा भूगोलको अवलोकन गर्न कोरियन पर्यटक नेपाल आउने गरेको गृहमन्त्री खाँणले बताएका थिए।

उनले नेपालमा कोरियन लगानीमा सञ्चालित विकास योजनाहरू निर्वाधरूपमा अघि बढाउने वातावरण सरकारले निर्माण गरिरहको जानकारी दिएका थिए।भेटमा दक्षिण कोरियाका राजदूत चोङ सुकले कोभिड– १९ का कारण रोकिएको ईपीएस अबपुन: सुरु हुने चरणमा रहेको गृहमन्त्रीलाई जानकारी गराएका थिए।

कोभिडकै कारण कोरियन पर्यटक पछिल्ला वर्षमा कम भएको र अब पुरानै अवस्थामा कोरियन पर्यटक नेपाल आउने सम्भावना बढेको राजदूतको भनाइ थियो।राजदूतले वर्षमा करिब ३० हजार कोरियन पर्यटक नेपाल आउने आँकलन राजदूतावासले गरेको बताएका थिए।कान्तिपुर बाट

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय