Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

गलत आरोप लगाउने मिडियाले तत्काल नसचिए कानुन उपचार खोजिन्छः एनआरएनए अध्यक्ष कुँवर

 

काठमाडौं–गैरआवासिय नेपाली संघ (एनआरएनए) अध्यक्ष एवं व्यवसायी बिनोद कुँवरले आफु र आफ्नो संस्थालाई जोडेर केहि अनलाईन भ्रामक समाचार प्रकाशन गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। शुक्रबार साँझ प्रेस विज्ञप्ती गर्दै अध्यक्ष…

 

काठमाडौं–गैरआवासिय नेपाली संघ (एनआरएनए) अध्यक्ष एवं व्यवसायी बिनोद कुँवरले आफु र आफ्नो संस्थालाई जोडेर केहि अनलाईन भ्रामक समाचार प्रकाशन गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

 

शुक्रबार साँझ प्रेस विज्ञप्ती गर्दै अध्यक्ष कुँवरले भनेका छन्–केहि अनलाईन मिडियाहरुले ‘कोरियन एयरलाइन्सको नियमित उडान नहुंदा धमाधम बुकिङ्घ रद्ध’ शिर्षकमा प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

उनले भनेका छन्–‘मेरो नाम जोडेर कोरियास्थित नेपाली व्यवसायी बिनोद कुँवरले एक ट्राभल एजेन्सीसित मिलेर चार्टर्ड उडानमा करोडौं कमाइरहेकाले नियमित उडान हुन नदिएको भन्ने आरोपको खण्डन गरेको छु ।’

 

‘मेरो व्यक्तिगत तथा व्यावसायिक छविमा आंच पु्याउने दुषित मनसायले म प्रति पूर्वाग्रह राखि पूर्णत कपोलकल्पीत, झुट, वदनियतपूर्ण र भ्रामक समाचार प्रकाशित भएकाले म अत्यन्त दुखित छु’ उनले भने । कोभिड–१९ कारण नियमित उडान संचालन हुन नसक्ने अवस्थामा समस्याको समाधानका लागि आफुले नेपाल र कोरिया सरकारको नीति अन्तर्गत रहि कोरियन एयरसंग समन्वय र सहजीकरण प्रयास मात्रै गरेको उनले बताए ।

 

उनले भनेका छन्–‘कोरियन एयर कुन सेक्टरमा कहिले चार्टड वा नियमितरुपमा उडान गर्ने नगर्ने भन्ने विषयमा मेरो कुनै भूमिका रहन सक्दैन यो विषय कोरियन एयरको नितान्त आन्तरिक विषय हो।’

 

‘समाजसेवी, व्यवसायी तथा नेपाल र कोरियावीच आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकिय क्षेत्रमा जनस्तर तथा सरकारीस्तरमासमेत सुमधुर सम्बन्ध स्थापित गर्न र यसवाट नेपाल र नेपालीहरुले अधिकतम लाभ हासिल गर्न सकुन भन्ने तर्फ सदैव क्रियाशिल छु’ उनले भनेका छन् ।

 

उनले विज्ञप्ती जारी गदैैै भनेका छन् –‘दृुवेै देशका सरकारले कोभिड–१९ महामारी जस्ता अवस्था विश्लेषण गरी जारी गरेको नियम निर्देशिकाको परिधिभित्र रहि आवागमन तथा पर्यटन प्रवद्र्धनमा सहजीकरण गर्नु मेरो कर्तव्य हो र यस प्रति म सदैव सचेत छु ।’

 

महामारी सामान्य हुदै गरेको र आजको अवस्थामा कोरिया नेपाल लगायत संसारभरवाट नै नेपालमा नियमित उडान सुचारु भै आवागमन सस्तो, सहज, भरपर्दो र सुरक्षित हुन सकोस् भन्ने तर्फ आफुले आफ्नो तर्फवाट हरसंभव प्रयत्न गरि रहेको र कोरिया तथा नेपालविच पनि शिघ्रातिशिघ्र प्रतिस्पिर्धिरुपमा नियमित उडान संचालन हुन सकोस् भन्दै यसतर्फ निरन्तर प्रयत्नशिल र प्रतिवद्ध गरेको छु ।

 

मसंग कोहि नसोधी मलाई विभिन्न भ्रामक लान्छना लगाई एकतर्फि रुपमा समाचार प्रकाशित गरेमो र त्यसमा कुनै कुरा समेत सत्य नभएको समाचार तत्काल नसच्चाए वा खण्डन प्रकाशन नगरे आफु कानुनी बाटो जान बाध्य हुने बताए ।

 

पछिल्लो पटक विभिन्न समाचार माध्यममा आएका गलत सुचनाले इपिस अन्तर्गत कोरिया जान लागेका नेपाली कामदारहरुमा अहिले अन्यौलता भएको छ। पछिल्ला समय कोरियन एयरलाइन्सले समेत नेपालमा उडान गर्न आनाकानी गरेको भन्दै गलत सुचना दिदाँ कोरिया जान लागेका नेपाली कामदारको विषयमा गम्भिर भएर सोच्न आबस्यक रहेको उनको भनाई छ ।

 

प्रेस विज्ञप्ती

यहि २०७८ चैत्र १७ गते नेपाल प्रेस नामक अनलाईन समाचारमा कोरियन एयरलाइन्सको नियमित उडान नहुंदा धमाधम बुकिङ्घ रद्ध शिर्षकमा प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त समाचारमा मेरो नाम जोडेर कोरियास्थित नेपाली व्यवसायी बिनोद कुँवरले एक ट्राभल एजेन्सीसित मिलेर चार्टर्ड उडानमा करोडौं कमाइरहेकाले नियमित उडान हुन नदिएको भनि मेरो व्यक्तिगत तथा व्यावसायिक छविमा आंच पु्याउने दुषित मनसायले म प्रति पूर्वाग्रह राखि पूर्णत कपोलकल्पीत, झुट, वदनियतपूर्ण र भ्रामक समाचार प्रकाशित भएकाले म अत्यन्त दुखित छु र यो खण्डन गरेको छु ।

 

कोभिट १९ महामारीको विषम परिस्थितिमा नियमित उडान संचालन हुन नसक्ने अवस्थामा समस्याको समाधानका लागि आफुले नेपाल र कोरिया सरकारको नीति अन्तर्गत रहि कोरियन एयर संग समन्वय र सहजीकरण प्रयास गरेको हो । कोरियन एयर कुन सेक्टरमा कहिले चार्टड वा नियमितरुपमा उडान गर्ने नगर्ने भन्ने विषयमा मेरो कुनै भूमिका रहन सक्दैन यो विषय कोरियन एयरको नितान्त आन्तरिक विषय हो भन्ने मलाई लाग्दछ ।एक समाजसेवी, व्यवसायी तथा नेपाल र कोरियावीच आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकिय क्षेत्रमा जनस्तर तथा सरकारीस्तरमासमेत सुमधुर सम्बन्ध स्थापित हुन सकोस् र यसवाट नेपाल र नेपालीहरुले अधिकतम लाभ हासिल गर्न सकुन भन्ने तर्फ म सदैव क्रियाशिल छु ।

 

दृुवेै देशका सरकारले कोभिड–१९ महामारी जस्ता अवस्था विश्लेषण गरी जारी गरेको नियम निर्देशिकाको परिधिभित्र रहि आवागमन तथा पर्यटन प्रवद्र्धनमा सहजीकरण गर्नु मेरो कर्तव्य हो र यस प्रति म सदैव सचेत छु ।महामारी सामान्वीकरण हुदै गरेको आजको अवस्थामा कोरिया नेपाल लगायत संसारभरवाट नै नेपालमा नियमित उडान सुचारु भै आवागमन सस्तो, सहज, भरपर्दो र सुरक्षित हुन सकोस् भन्ने तर्फ आफुले आफ्नो तर्फवाट हर संभव प्रयत्न गरि रहेको र कोरिया तथा नेपालविच पनि शिघ्रातिशिघ्र प्रतिस्पिर्धिरुपमा नियमित उडान संचालन हुन सकोस् भन्दै यस तर्फ आफु निरन्तर प्रयत्नशिल रहेको र रहि रहने प्रतिवद्धता समेत व्यक्त गर्दछु ।

 

उल्लेखित संचार माध्यमले म संग सोधपुछ समेत नगरी म प्रति लान्छना लगाई एकतर्फिरुपमा प्रकाशित तथ्यहिन समाचारप्रति अविलम्ब खण्डन गरियोस् भनि आग्रह गर्दछु साथै आवश्यक परे यस समाचार प्रति सार्वजनिक रुपमा नै वहस गर्न म तयार रहेको जानकारी गराउन चाहान्छु । मेरो चरित्र हत्या गर्ने दुषित मनसायले यस्तो भ्रामक, तथ्यहिन झुटो समाचार तयार गरी प्रचार प्रसार गर्नेहरु उपर अविलम्व छानविन गरि कानून वमोजिम कार्यवाहि होस् भनि सम्बन्धित निकायसंग अनुरोध गर्दछु ।

 

बिनोद कुंवर

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय