Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरिया प्रवेश गरेको एक महिनामै एक नेपालीलाई देशनिकाला

सिओल

रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत दक्षिण कोरिया आएका एक नेपालीलाई यहाँको सरकारले एक महिना नपुग्दै नेपाल फिर्ता पठाउँदै छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाका अनुसार ती युवालाई लागूऔ’षधको कसुरमा डिपो’र्ट (देशनिकाला) गरिदैछ। स्वास्थ्य परीक्षणमा ला’गु पदार्थ सेवन गरेको पाइएपछि ती युवालाई डिपो’र्ट गर्न लागिएको हो।संघले मंगलबार सार्वजानिक सूचना जारी गर्दै कोरिया आउने तयारीमा रहेका नेपालीलाई सचेत गराएको छ। ‘कोरिया आउनुभन्दा अगाडी नेपालमा लागूपदा’र्थ सेवन गर्नु भएको छ भने कोरिया आएपछि गरिने स्वास्थ जाँचमा तपाईको रगतमा ड्र’ग्सको मात्रा देखिन्छ। जसका कारण नेपाल फर्कनु पर्नेछ,’ संघले सूचनामार्फत सचेत गराएको छ।

रगत परीक्षणको रिपोर्टमा लागू पदार्थले मात्र नभइ बिरामी हुँदा प्रयोग भएका औषधीले समेत ड्र’ग्स मात्रा देखिने भएकोले आफूले प्रयोग गरिरहेका औषधीहरुको विवरणसहित आधिकारिक कागजात साथमै राख्न संघले सुझाव दिएको छ। भाङको चटनीले पनि यस्तो समस्या आउसक्ने भन्दै कोरिया आउनुपूर्व यसको सेवन नर्गन संघले आग्रह गरेको छ।एनआरएनए दक्षिण कोरियाका पूर्व अध्यक्ष समेत रहेका कोरियन डेमोक्रेटिक पार्टीको आप्रवासी समितिका संगठन विभाग प्रमुख यज्ञराज सुवेदीले नेपालमा गाँजा,भाङ, धत्तुरोलगायत सेवन गर्ने व्यक्तिमा रगत परीक्षण गर्दा ड्रग्सको मात्रा देखिने बताउँछन्।

‘इपीएसमार्फत आएका श्रमिकको स्वास्थ्य परीक्षण गर्दा रगतको पनि जाँच हुन्छ। रगतमा ड्रग्सको मात्रा देखिएमा पुन : परीक्षण गरिन्छ। दोस्रो पटक पनि ड्रग्सको मात्रा देखियो भने यहाँको सरकारले देश फिर्ता पठाइदिन्छ,’ सुवेदीले प्रवास खबरसँग भने।दक्षिण कोरियामा लागूऔषध कसुरलाई ठूलो अ’पराध मानिन्छ। उसले आफ्ना नागरिकले विदेशमा लागूपदार्थ सेवन गरेर आएको प्रमाणित भएमा पनि सजाय दिने गर्छ।प्रवास खबरबाट

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय