Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

आगामी शनिवार देखी लागु गर्नेगरी कोरियाले गर्यो यस्ता निर्णयहरु !

दक्षिण कोरियाले गत महिना देखी सुरु गरेको ‘कोभिड संगै बाँचौँ’योजना लाई उल्ट्याउदै आउदो हप्ता शनिवार देखी सामाजिक दुरीको नियमलाई थप कडाई गर्ने भएको छ।आउदो हप्ता शनिवार देखी जनवरी २ तारिख सम्म लागु गर्नेगरी देशैभरी ४ जना भन्दा भेला हुन नपाईने नियम लागु हुने भएको कोरियाली प्रधानमन्त्री किम बु क्युम ले केन्द्रिय प्रकोप तथा सुरक्षा मुख्यालयको एक मिटिङ्मा घोषणा गरेका छन।

दक्षिण अफ्रिकी मुलुकबाट तिव्र गतिमा फैलिएको कोभिड १९ भेरियन्ट ओमिक्रोन फैलने डरका कारण दक्षिण कोरिया सरकारले सामाजिक दुरीको नियमलाई थप कडाई गर्ने भएको हो।यसअघि राजधानी मा ६ जना र बाहिर ८ जना भेला हुन पाउने निर्णयलाई खुम्च्याउदै देशैभरी ४ जना मा सिमित गर्न लागेको हो।

आउदो हप्ता शनिवार देखी सार्वजनिक सेवा,रेस्टुरेन्ट तथा क्याफे,नोरेबाङ,साउना,जिम हाउस,बार,नाईटक्लब,हर्स रेसिङ,ट्र्याक साईक्लिङ कोर्स र क्यासिनो हरु बेलुकी ९ बजेसम्म मात्र खोल्न पाउने बताईएको छ।परिवर्तित नियमानुसार रेस्टुरेन्ट तथा क्याफेहरुमा पुरा डोज भ्याक्सिन लगाएका ४ जना सम्म संगै बसेर खान सक्ने र भ्याक्सिन नलगाएका हरुको हकमा एक्लै बसेर खान वा घर लैजाने गरी अर्डर गर्न सक्ने जनाईएको छ।

बार,नाईटक्लव तथा अन्य मनोरञ्जन का क्षेत्रहरु राती ९ बजेसम्म खोल्न पाईने साथै फिल्म हल,कन्सर्ट तथा ईन्टरनेट क्याफेहरु १० बजेराती सम्म खोल्न पाईने बताईएको छदक्षिण कोरियामा कोरोना सुरु भएयताकै उच्च सङ्क्रमण हरु फेला परेका छन।साथै गम्भिर बिरामीहरुको सङ्ख्या दैनिक सर्वाधिक बढदै गएपछी अस्पतालमा आईसियु बेडको अभाव हुन थालेको छ।

सरकारले साना तथा मझौला ब्यावसाय हरुलाई भ्याक्सिन पास प्रणाली लागु गर्ने जनाएको छ।जसमा उपभोक्ता हरुले भ्याक्सिन लगाएको प्रमाण र पिसिआर नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने अनिवार्य शर्तहरु लागु गर्दै व्यावसाय चलाउन सरकारले आग्रह गरेको छ।साथै सरकारको यो नियमबाट प्रभावित व्यवसायलाई छिट्टै राहत घोषणा गरिने पनि जनाईएको छ।कोरिया पार्टी बाट

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय