Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियाको अर्को चमत्कार , अब समुन्द्रको बिचमा मानव वस्ति बनाउँदै !

दक्षिण कोरियाको दोश्रो ठूलो शहर बुसान शहरले समुन्द्रमा बस्ति बसाल्ने एकदमै महत्वकाँक्षी योजना सुरु गर्न लागेको छ। बुसानले अर्को बर्षबाट यो महत्वाकाँक्षी योजना अघि बढाउने भएको छ।दक्षिण कोरियाको दोश्रो ठूलो शहर बुसान शहरले समुन्द्रमा बस्ति बसाल्ने एकदमै महत्वकाँक्षी योजना सुरु गर्न लागेको छ। बुसानले अर्को बर्षबाट यो महत्वाकाँक्षी योजना अघि बढाउने भएको छ।

यस सम्बन्धि विभिन्न अन्तराष्ट्रिय चलनहरुको अध्यन पछि बुसान शहरले “समुनद्रमाथि तैरिने मानववस्ति” को अवधारण अघि बढाउन लागेको हो। यो योजनका डिजाइनर इन्जिनियरहरुका अनुसार यो वस्तिमा कम्तिमा पनि १० हजार मानिस बसोबासगर्न सक्नेछन भने यस्तो योजनाले सामुन्द्रिक किनारामा रहेका वस्तिहरुका लागि राम्रो विकल्प दिन सक्ने अनुमान गरिएको छ। यस योजनलाई ‘ओसनिक्स’ नाम दिइएको छ। यस योजनामा डिजाइनरहरु, आर्किटेक्टहरु तथा इन्जिनियरहरु लागेका छन।

उनिहरुले सन २०१९ मै यस्तो योजना अघि सारेका थिए।सानो बस्तिमा ३ सय जना मानिस बस्न सक्नेगरी बनाइनेछ। यस्ता घरहरु ७ लतासम्म अग्ला हुनेछन। यस्ता साना साना बस्तिहरुलाई एक आपसमा जोडेर नेटवर्क बनाइनेछ भने एउटा बस्तिबाट अर्को बस्तिसम्म जानका लागि बाटो समेत हुनेछ। यस्तो बाटो हिँडेर वा साइकलमा जान सक्ने गरि बनाइनेछ।उनिहरुले गत महिनामात्र बुसान सरकार र युएन हेबिट्याट सँग यस परियोजनालाई अघि बढाउन सम्झौता गरेका थिए।

यस परियोजनामा बन्ने घरहरु समुन्द्रको पानीको सतह अनुसार घटबढ हुने खालका हुनेछन भने ५ एकड क्षेत्रफलमा बन्नेदक्षिण कोरियाको दक्षिणी समनुद्रिक सतहको शहर बुसान विषेशगरी समुन्द्रको सतह बढ्ने समस्याले ग्रस्त हुन सक्ने शहरमा पर्दछ। ग्रिनपिस कोरियाले गत बर्ष नै कोरियाको बुसानमा रहेको विश्व चर्चित हेउन्द्र सामुन्द्रिक सहत सन २०३० मा हराएर जाने प्रक्षेपण गरिसकेको छ।समन्द्रको सतह लेभल बढ्दै गइरहेको छ।

गत बर्षहरुमा यसको प्रभाव कोरियाका विभिन्न सामुन्द्रिक किनाराहरुमा देखिन थालिसकिएको छ। प्रस्तावित यो बस्तिलाई आवश्यक कुराहरुमा आत्मनिर्भर बनाउने तयारी समेत गरिएको छ। यहाँका वासिन्दाहरु आफूलाई चाहिने खानेकुरा तथा बिजुली आफै उत्पादन गर्नेछन भने निष्कासित फोहोरमैलाको पनि सहि तरिकाले त्यहिँ व्यवस्थापन गरिनेछ।

सामुहिक खेतिपाति, पानीभित्रै खाध्यान्न फलाउने प्रविधि, सामुन्द्रिक माछापालन तथा कम्पोष्ट गार्डेनको अवधारण यसमा रहेको छ भने बस्तिका लागि आवश्यक पर्ने विजुलीका लागि पानीभित्रै हावाबाट घुम्ने टर्वाइन राखि विजुली उत्पादन गरिनेछ साथै समुन्द्रभित्रै सोलार प्यानेल समेत राखि बिजुली निकालिनेछ। -इपिएस साथी बाट

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय