Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

सन् २०२२ का लागि दक्षिण कोरिया प्रवेश गर्ने कामदारको काेटा निर्धारण

आप्रवासी कामदार नीति निर्धारण समितिको शुक्रवारको बैठकले सन् २०२२ का लागि कोरिया प्रवेश गर्ने ६६००० बिदेशी कामदारको कोटा निर्धारण गरेको छ । यो इपिएस अन्तर्गतका सबै देशहरुबाट कोरिया प्रबेश गराउने कामदारको काेटा हो ।

यो अब हुने भाषा परिक्षाको लागि मात्रै काेटा होइन । यो सन २०२२ मा अनुमानित कामदारहरु कोरिया प्रबेश गराउने काेटा हो । यसमा नयाँ पुराना दुबै थरी कामदार हुन सक्छन ।

Trip

सन २०२२ को लागी कामदार प्रवेश गराउने ६६ हजार काेटा मध्ये ४२ हजार ५३० नयाँ अर्थात नियमित कामदारहरु र २३ हजार ४७० जना प्रतिबद्ध कामदार (Commited Worker ) हुनेछन् ।

साथै सन २०२२ को लागी हरेक ३ महिनामा अर्थात बर्षमा ४ पटक नयाँ श्रम छनोट अर्थात कामदार जारी प्रक्रिया हुनेछ र प्रतिबद्ध कामदारहरू लागि कोरियाको श्रमद्वारा निर्धारित नीति बमोजिम कोरिया जान सक्नेछन ।

साथै अहिले कोरियामा विदेशी कामदारको अभाबको अबस्था र पछिल्ला दुई बर्षमा कामदाहरुको प्रबेशको अती न्युन दर हेर्दा सन २०२२ मा नयाँ रोकिएका कामदारहरु अधिकांश कोरिया पुग्न सक्ने अबस्था देखिन्छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय