Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियाको स्टार रेमिट र नबिल बैंक विच सम्झौता सम्पन्न

 

२०७८मंसीर ६ गते सोमबार

कोरियास्थित नेपालीको रेमिट स्टार रेमिट र नेपालको नबिल बैंक विच रेमिटयान्स भित्रयाउने सम्बन्धिमा सम्झौता भएको छ ।

नेपालको राजधानी काठमाण्डौंको हात्तिसार स्थित नेपाल हाउस रेष्टुरेन्टमा आयोजित एक विशेष समारोहको विच स्टार रेमिटका अध्यक्ष रुद्र शर्मा र नविल बैंकका कार्यकारी अधिकृत –सिइओ) अनिल केशरी शाह विच सो सम्बन्धमा हस्ताक्षर भएको हो ।

कार्यक्रममा कोरियाबाट नेपाल रेमिटयान्स भित्रयाउने ,कोरिया रिटर्नीहरुलाई कसरी बैंकिङ सेवा दिने , विदेशबाट सरल ,सहज र कानुनीरुपमा पैसा भित्रयाउने र त्यसलाई सदुपयोग गर्ने सम्बन्धमा चर्चा गरिएको छ ।

सो समारोहमा नविल बैंकका प्रतिनिधिहरु , स्टार रेमिटका प्रतिनिधिहरु सहित कोरिया तथा विदेशबाट फर्केका नेपालीहरुको समेत सहभागिता रहेको थियो ।

स्टार रेमिट दक्षिण कोरियामा २०१८ सालमा नेपालीद्वारा नेपालीको लागि संचालित रेमिटयान्स हो । हाल कोरियाबाट १५ देशमा कारोबार गर्ने यो रेमिटयान्स कम्पनीले

२०२२ सम्म ५० देशमा र २०२४ मा २०० देशमा कारोबारगर्ने लक्ष्यसहित कारोबारलाई विस्तार गरिरहेको छ ।

नेपालको नं. १ बैंक नविल बैंकसंगको सहकार्यले स्टार रेमिटको सेवामा अझ गुणस्तर थपिने कम्पनीको दावि छ । नबिल बैंकले नेपालमा १३५ ब्रान्चहरुबाट तथा

१५हजार बढि नबिल रेमिट एजेन्ट लोकेशन बाट सेवा प्रदान गरिरहेको छ ।

फिक्स डिपोजिट, लोन सुविधा तथा स्मार्ट बैंकिङको सुविधा कोरियाबाटै लिन को लािग स्टार रेमिटसंगको सम्झौंताले थप मद्धत गर्ने विश्वास गरिएको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय