Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

लामो समय पछि बसेको जनसम्पर्क समितीको वैठक बिना निर्णय टुङ्गियो , विवादै-विवाद, महाधिवेशन अझै अनिश्चित।

नेपाली काङ्ग्रेसप्रति आस्था राख्ने सम्पुर्ण प्रवासी नेपालीहरूको साझा संगठन नेपाली जनसम्पर्क समिति हो। पार्टीको सिद्धान्त र संस्थापक नेता बीपी कोईरालाका विचार तथा आदर्श एवम् समाजवादी दर्शनको चिन्तनका साथ संगठनलाई गतिशिल बनाउँदै सम्पुर्ण प्रजातन्त्र प्रेमी दाजुभाई दिदीबहिनिहरूलाई सङ्गठित बनाउँदै लग्ने र संगठनलाई थप विस्तार गर्दै लैजाने जिम्मेवारी मुलतः जनसम्पर्क समिति नेतृत्व र कार्यसमितिको रहन्छ ।

नेपाली काङ्ग्रेस प्रति आस्था राख्ने ठुलो जमात रहेको दक्षिण कोरियामा जनसम्पर्क समिति र यसको नेतृत्व बिगत लामो समय देखि आन्तरिक कलहका कारण ठूलै विवाद मच्चिँदै सतहमा आउनु दुःखद् विषय हो। सभापति,महामन्त्री, लगायत केहि विभागिय प्रमुख र कार्यसमितिका पदाधिकारीको मनोमानीका कारण विवाद पुन: उत्कर्षमा पुगेको छ । लामो समयदेखि विधानको परिपालना नगरी उल्लंघन गर्दै एकलौटी रूपमा चलाउँदै लागिएको संगठन निस्क्रिय जस्तै देखिएको छ भने लामो समय सम्म कार्यसमितिको बैठक प्रत्यक्ष रुपमा पनि बस्न सकेको छैन। यसै त नियमित २ वर्षको कार्यकाल सकिएको पनि करिव अर्को २ वर्ष हुन लाग्दा सभापति आस्था बिन्दु मल्लको नेतृत्वमा रहेको कार्यसमितिले बैधानिकता पनि गुमाइसकेको छ ।
यसरी बैधानिकतामानै प्रश्न उठेको कार्यसमितिको नेतृत्वले आफु निकटका सदस्यहरु मात्र उपस्थित गराई निर्णय गराउने अभिप्रायका साथ नियोजित ढंगले अघिल्लो दिन अबेर सूचना प्रकासित गरेर अचानक भौतिक बैठकको आयोजना गर्ने आह्वान संगठनका महामन्त्री कमल बहादुर मगर (कुमार थापा)ले गरेका थिए। यसरी अचानक बैठक राख्दा टाढा टाढाका साथीहरु बैठकमा उपस्थित हुन सक्दैनन् भन्ने बुझेरनै सभापतिले बैठकको आह्वान गर्न लगाएको कुरा बैठकमा उपस्थित एकजना कार्यसमिति सदस्यले बताएका छन्।
प्रजातन्त्रमा उच्चतम विस्वास गर्ने पार्टीको संगठन जनसम्पर्क समितिले छापामार शैली अपनाएर बैठकको आह्वान गर्नु आफैमा लज्जाको कुरा भएता पनि नेतृत्वमा लाज भन्ने कुरानै हराइसकेको बुझेर रातारात टाढा टाढा बाट कार्यसमितिका सदस्यहरु बैठकका लागि सौल आउनुभयो र नोभेम्बर ७ तारिक आईतबारका दिन बैठकमा उपस्थित हुनुभएको कुरा पनि उनले जानकारी गराएका छन् ।

लगभग चार वर्ष अगाडि दुई बर्षे कार्यकालका लागि निर्वाचित भएको सभापति आस्था विन्दु मल्ल नेत्रित्वको समितिले अनेकौं बहानामा सुरुकै दिनदेखि बिधि-बिधान, संस्कार, आचरण र राजनीतिक न्यूनतम मूल्यमान्यताको आत्मसाथ नगरी रहेको अवस्था रहेको थियो र पछिल्लो समय त अझ वैधानिकता गुमिसकेको अबस्थामा बिधान बिपरित बिभिन्न नियुक्तिहरु गर्ने काम भैरहेको कुरा उपसभापति लक्ष्मण दाहालले बताएका छन् । संगठनलाइ बिधान अनुसार चलाउनका निमित्त कार्यसमिति भित्रैबाट उपसभापति लगायतका बहुसँख्यक पदाधिकारी, विभागीय नेताहरु , क्षेत्रिय सभापतिहरुले कुरा उठाउँदा पनि बेवास्ता गर्दा संगठन नेतृत्वविहीन जस्तै भएको छ।
संगठनका पुर्व सभापतिहरू, महासमिति/महाधिवेशन प्रतिनिधिहरू, अग्रज, सल्लाहकार, शुभ-चिन्तक लगायतले बिधि पद्धतिलाई आत्मसाथ गर्दै योजनाबद्ध ढङ्गले काम गर्नु पर्ने, दुई वर्षको म्याण्डेटलाई लम्ब्याउन नहुने र समयमानै अधिवेशन सम्पन्न गरी संगठनलाई गतिशिल बनाउनु पर्ने कुरालाई पटक पटक अनुरोध गरेपनि सभापति, महामन्त्री लगायत केहि पदाधिकारीहरुको एकलौटी कामकारबाहीको कारणले संगठनको हबिगत अत्यन्तै नराम्रो अवस्थामा आइपुगेको पनि उपसभापति लक्ष्मण दाहालले बताएका छन् ।
वर्तमान नेतृत्व र नेतृत्व नजिकका केहि स्वार्थ समूहको सङ्कीर्ण राजनीतिक संस्कार तथा असहिष्णु भावनाले गर्दा संगठनमा राजनीतिक सिद्दान्त ह्रास हुँदै गएको र आम जनमानसमा समेत संगठनको साख गिर्दै गएको कुरा उनले बताउएका छन् ।

नोभेम्बर सात तारिखमा बसेको बैठकमा बहुसङ्ख्यक पदाधिकारी, केन्द्रिय सदस्य, विभागीय प्रमुख, क्षेत्रिय सभापतिहरुको अधिवेशनको मिति तोक्नुपर्ने माग रहेको अबस्थामा महामन्त्रीले कुनै एजेण्डाहरू बैठकमा नराखी धाँधली गरेर बैठक अगाबै मनोमानी ढंगले बैठकको माइनुट तयार गरेर ल्याएको कुरा बैठकमा उपस्थित एक सदस्यले बताएका छन् ।

बैठकमा जबर्जस्ती रूपमा कोरिया बसाई अन्त्य गरेर घर फर्केका सदस्यहरूको ठाउँमा अरु सदस्य मनोनित गर्ने, सल्लाहाकारहरू मनोनित गर्ने साथै क्षेत्रिय र केन्द्रिय अधिवेशनको मिति नै घोषणा नगरी विवादित नामहरू बिधान संयोजक र निर्वाचन प्रमुख जस्ता महत्वपूर्ण पदमा मनोनित गर्ने जस्ता तानाशाही प्रवृत्ति देखाएपछि झडपको स्थिति सृजना भई बैठक विना निष्कर्ष टुङ्गिएको कुरा पनि उनले बताएका छन् ।
अघिल्लो दिन सभापति निकटका व्यक्तिहरुको कोठे बैठकले निर्णय गरेका कुराहरु नोभेम्बर ७ को कार्यसमितिको बैठकमा जबर्जस्ति निर्णय गराउँन खोज्दा अधिकांश कार्यसमितिका सदस्यहरुले विरोध जनाएकोले विवाद सृजना भएको तर विवाद सल्टाउनुको सट्टा माईन्युट लिएर महामन्त्रीनै बैठकस्थलबाट गायब भएको कुरा बिदेश बिभाग प्रमुख कमल शाहीले बताएका छन्।

प्रजातान्त्रिक मुल्य र मान्यताको कडीको रूपमा रहेका समयमै अधिवेशन र नेतृत्व हस्तान्तरण जस्ता कुराहरूलाई लत्याएर हिँडेको जनसम्पर्क समिति कोरियाको नेत्रित्वले कोरिया जस्तो उत्कृष्ट प्रविधि रहेको देशमा बसेर पनि कोरोना महामारीको कारण देखाई अधिवेशनको तयारी समेत नगर्नु जनसम्पर्क समिति नेत्रित्वको अकर्मण्यता भएको सदस्यहरूले बताउने गरेका छन् ।
कोरियामा रहेका बिभिन्न संघ संस्थाहरूको अधिवेशन सफलता पुर्वक सम्पन्न भएका उदाहरण हामी माझ रहेको र कोरियामा रहेका काङ्ग्रेस प्रति आस्था राख्ने बौद्धिक बर्ग, नेपाल विद्यार्थी संघ लगायतले अधिवेशनमा आवश्यक प्राविधिक सहयोग गर्ने र प्रविधिको प्रयोग गरी सफलता पुर्वक अधिवेशन सम्पन्न गर्न सकिने बताएका छन् तर नेत्रित्व अझै पनि अधिवेशनको तयारीमा देखिएको छैन ।
अब पनि कोरोना महामारीको एउटै मात्र कारण देखाएर अधिवेशनको मिति लम्ब्याउदै लागेमा स्वीकार्य नहुने कुरा कोरिया स्थित अधिकांश काङ्ग्रेसजनहरूले बताउने गरेका छन् ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय