Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियाले दैनिक १०० र हप्ताको ६०० कामदार भित्रन पाउने नियम खारेज अब सकेजती भित्र्याउन सकिने

मिन बि क दक्षिण कोरिया
प्रत्यक बर्ष करिब पचास हजार बिदेशी कामदार भित्र्याउने दक्षिण कोरियाले कोरोना भाईरसको कारण बिगत २ बर्षदेखी नयाँ कामदार भित्र्याउन सकेको छैन। दक्षिण कोरियामा रहेका बिदेशीहरु स्वदेश फर्कने क्रम जारी रहने तर नयाँ कामदार भित्राउन नसकेकोले कामदारको अभाव सृजना भएपछी , दक्षिण कोरियाले दैनिक १०० जना र हप्ताको ६०० जना नयाँ कामदार भित्र्याउन पाउने गरि बनाएको सिमा खारेज गरेको छ। भने कामदारको पूर्ति छिटो र सहज बनाउने गरि सकेसम्म धेरै कामदारलाई कोरिया प्रवेश गराउने गरि सम्बन्धित निकायलाई निर्देशन जारी गरेको छ।

कोरोना खोपको डोज पुरा गरेका कोरियाले इपिएस सिष्टम लागु गरेका १६देशमध्य यस अगाडि प्रवेश अनुमति पाईसकेका अन्य देशहरु लगायत भर्खर अनुमति दिएको कम्बोडिया , भियतनाम, थाईल्याण्ड ,उत्तरी टिमोर, लाओस र चिनका कामदारहरु कोरिया आउने प्रक्रिया पुरा गरि बसिरहेका हरु पनि आउन पाउने छन्। स्मरण रहोस नेपालले यस अगाडि नै प्रवेश अनुमति पाईसकेको छ। स्मरण रहोस यस अगाडी प्रत्यक बर्ष ५० हजार बिदेशी कामदार भित्र्याउने कोरियाले कोरोनाशुरु भएपछी ६-७ हजार कामदार मात्रै भित्र्याएको छ।

कोरियाले नयाँ भित्रिने कामदारको लागी ऊड्नुभन्दा ७२ घण्टा अगाडिको पिसिआर टेस्ट अनिवार्य , कोरोना खोप २ डोज अनिवार्य , विश्व स्वास्थ्य संगठन ले तोकेको १४ दिन क्वारेन्टाइनमा (म्यानमार , फिलिपिन पाकिस्तान क्रिकिस्तान ,उज्वेकिस्तान) अनिवार्य गरेको छ) भने बाँकी देशका कामदारहरुले ११ दिन क्वारेन्टाइन बसे हुनेछ। यस निर्देशनले इपिएस सिष्टम अन्तर्गत कोरिया जाने पर्खाईमा रहेका विभिन्न १६ देशका ५० हजार कामदारहरुलाइ राहत हुनेछ।

 

 

मिन बि क दक्षिण कोरिया
प्रत्यक बर्ष करिब पचास हजार बिदेशी कामदार भित्र्याउने दक्षिण कोरियाले कोरोना भाईरसको कारण बिगत २ बर्षदेखी नयाँ कामदार भित्र्याउन सकेको छैन। दक्षिण कोरियामा रहेका बिदेशीहरु स्वदेश फर्कने क्रम जारी रहने तर नयाँ कामदार भित्राउन नसकेकोले कामदारको अभाव सृजना भएपछी , दक्षिण कोरियाले दैनिक १०० जना र हप्ताको ६०० जना नयाँ कामदार भित्र्याउन पाउने गरि बनाएको सिमा खारेज गरेको छ। भने कामदारको पूर्ति छिटो र सहज बनाउने गरि सकेसम्म धेरै कामदारलाई कोरिया प्रवेश गराउने गरि सम्बन्धित निकायलाई निर्देशन जारी गरेको छ।

कोरोना खोपको डोज पुरा गरेका कोरियाले इपिएस सिष्टम लागु गरेका १६देशमध्य यस अगाडि प्रवेश अनुमति पाईसकेका अन्य देशहरु लगायत भर्खर अनुमति दिएको कम्बोडिया , भियतनाम, थाईल्याण्ड ,उत्तरी टिमोर, लाओस र चिनका कामदारहरु कोरिया आउने प्रक्रिया पुरा गरि बसिरहेका हरु पनि आउन पाउने छन्। स्मरण रहोस नेपालले यस अगाडि नै प्रवेश अनुमति पाईसकेको छ। स्मरण रहोस यस अगाडी प्रत्यक बर्ष ५० हजार बिदेशी कामदार भित्र्याउने कोरियाले कोरोनाशुरु भएपछी ६-७ हजार कामदार मात्रै भित्र्याएको छ।

कोरियाले नयाँ भित्रिने कामदारको लागी ऊड्नुभन्दा ७२ घण्टा अगाडिको पिसिआर टेस्ट अनिवार्य , कोरोना खोप २ डोज अनिवार्य , विश्व स्वास्थ्य संगठन ले तोकेको १४ दिन क्वारेन्टाइनमा (म्यानमार , फिलिपिन पाकिस्तान क्रिकिस्तान ,उज्वेकिस्तान) अनिवार्य गरेको छ) भने बाँकी देशका कामदारहरुले ११ दिन क्वारेन्टाइन बसे हुनेछ। यस निर्देशनले इपिएस सिष्टम अन्तर्गत कोरिया जाने पर्खाईमा रहेका विभिन्न १६ देशका ५० हजार कामदारहरुलाइ राहत हुनेछ।  कोरियाको मानव संसाधन अन्तर्गत  बिदेशी कामदार ब्यबस्थापन बिभागले जारी गरेको निर्देशिका यश प्रकार रहेको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय