Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

हजारौं इपिएस पिडितकाे लागि खुसिकाे खबर, कात्तिक १० गतेबाट काेरियाले नेपाली श्रमिक लैजादै

ईपीएस परीक्षा पास गरेर प्रक्रिया पूरा गरेका ५० जना नेपाली कामदार आगामी अक्टोवर २७ अर्थात आउदो कात्तिक १० गते बाट मा दक्षिण कोरिया जाने भएका छन् ।

लामो समय देखि अबरुद्ध श्रमिक लैजाने काम ओैपचारिक रुपमा कात्तिक १० बाट सुरु हुने पक्का भएको छ ।उनले ११९ जनामध्ये पहिलो चरणमा ५० जनालाई पठाइने र अन्यको भिसा प्रक्रिया सुरु गरिने बताए ।

कोरिया जाने कामदारको क्वारेन्टाइन र बीमाका बारेमा देखिएको समस्या समाधान भइरहेको उनले बताए ।प्रक्रिया पूरा गरेर बसेका अन्य कामदारको हकमा कोरियाबाट नामसहितको पत्र आएपछि पुन पठाउन सुरु गरिने उनको भनाइ छ । बैठकमा मुख्य सचिव शंकरदास बैरागीले कोरिया जानका लागि अहिले कोरियन एयरलाइन्सको मात्र सिधा उडान रहेकोमा निकै महङ्गो पर्ने देखिएको बताए ।

कामदार आफैले टिकट काटेर जाँदा लागत चार गुणासम्म महङ्गो पर्न जाने देखिएको उनले बताए । बैठकमा समिति सदस्यहरुले ईपीएस परीक्षा पास गरेका कामदारहरुलाई समेत दक्षिण कोरिया पठाउने काममा ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय