Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा ठगिएका गुनासा हरु बग्रेल्ती , कसरी ठगिन्छन् नेपालीहरु ?

राजु श्री दक्षिण कोरिया,

केही बर्ष पहिला तत्कालिन एन. आर. एन. ए. कोरियाका सचिब सोगेन्द्र घले करोडौ रुपैया ठगेर फरार भए ।गैरकानुनी मानिएको हुन्डी कारोबार गर्ने घले ले सयौ नेपाली कामदार सग करोडौ रुपैया उठाएर बेपत्ता भए । उनको अहिले सम्म अत्तोपत्तो छैन । त्यतिबेला अहिले जस्तो कुनै पनि रेमिट्यान्स कम्पनीहरु स्थापित थिएनन् । दुख गरेर कमाएको पैसा नेपाल पठाउन कि त अत्यन्तै महँगो शुल्क तिरेर झन्झटिलो माध्यम मानिने बैंक बाट पठाउनु पर्थ्यो कि त ‘राम भरोसा’ सम्झेर हुन्डीवाला का हातमा थमाइदिनु पर्थ्यो । धेरै नेपाली हरुले ‘राम भरोसा’ सम्झेर गैरकानुनी भएता पनि हुन्डीवाला कै हातमा थमाइदिने गदर्थे । त्यसको फाइदा उठाउदै सोगेन्द्र घले ले सयौ नेपालीको पसिना सजिलै खान सफल भए ।

कोरियामा सोगेन्द्र घले एउटा प्रतिनिधि पात्र मात्र हुन् ।पछिल्लो समय विभिन्न शिर्षकमा ठगिएका गुनासाहरु समाजिक सन्जाल भरी छरपस्ट भेटिन्छन् । कोरिया प्रबेश गरे पछि अधिकाम्श नेपाली हरुको मनमा राष्ट्रियता जागेर उथल पुथल हुन्छ । हुन पनि आफ्नो देश छाडे पछि कसको मनमा पो राष्ट्रियता जाग्दैन र ! मनमा राष्ट्रियता नहुने नागरिक कस्तो हुन्छ ? यी स्वाभाबिक कुराहरु नै हुन् ।

यस्तै भावना हरु मनमा जाग्दै गर्दा बिस्तारै कोरियाको बिकाश,गति र आयाम सग साक्षात्कार गर्ने अबसर मिल्दछ । यी बिषय हरुले मन लाई झनै उद्देलित गराउने रहेछ । नेपाल मा पनि यस्तै गर्न सके आफ्ना भाबी सन्ततिले बिदेश को कहर खेप्नु नपर्ने थियो कि भन्ने भाबना हरेक नेपालीको मनमा उत्पन्न हुन्छ । यो पंक्तिकार लाई पनि यस्तो भावना नजागेको बिल्कुल हैन । परिवार पाल्न बिदेशिएको एउटा मजदुर देशको बारेमा पनि सोच्न थाल्छ ।

एउटा सचेत नागरिकले देशको बारेमा सुन्दर सपना देख्न पाउछ । यी पनि स्वाभाबिकै कुरा हरु हुन् ।

यस्तै यस्तै कुरा सोच्दै जादा कुनै अमुक ब्यक्ति विभिन्न परियोजना लिएर उक्त मजदुरको अगाडि आइपुग्छ । उसले देश पनि समृद्ध हुने र आफू पनि आर्थिक रूपमा सक्षम हुने अनेकन खाकाहरु प्रस्तुत गर्छ । भाबनामा बहकिएर बसेको मजदुर उसको कुरामा बिश्वास गर्छ । अनि दुई/चार महिनाको तलब सजिलै सुम्पन तयार हुन्छ । कोरियामा ठगिने शिलशिला को बिन्दु यहि बाट शुरु हुन्छ ।

क-कस्ले ठगे ?

१. हेटौंडा काठमाडौं सुरुङ्ग मार्ग

झन्डै ७ बर्ष अगाडि उद्योग बाणिज्य महासङघ र राष्ट्रिय योजना आयोग को उच्च प्रतिनिधि सहितको एउटा टोली कोरिया आयो । कोरियामा नाम चलेका केही ब्यक्ति हरु सहित उनीहरुले सयौ नेपाली हरु माझ एउटा हलमा काठमाडौं-हेटौंडा सुरुङ मार्ग निर्माण गर्ने डिजिटल खाका प्रस्तुत गरे । काठमाडौं बाट तराइ जोड्न यो सुरुङ् मार्ग अत्यन्तै उपयुुक्त हुने र देश बिकाश को निमित्त पनि ‘रामबाण’ बन्न सक्ने प्रस्तुति त्यहा देखाइयो ।

कोरियाको राजधानी सौल बाट बुसान सम्म ४५० किलोमिटर लामो ख्यङ्बोक राजमार्ग पर्दछ । यो राजमार्ग भित्र झन्डै १४ किलोमिटर भन्दा बढी साना ठुला सुरुङ मार्ग पर्ने रहेछन् । कोरियाको अत्यन्तै क्रुर शाशक मानिने पार्क मिन्ह ही को पालामा निर्माण भएको यो राजमार्ग कोरियाको मुहार फेर्ने पहिलो राजमार्ग भनेर चिनिन्छ । सामुद्रीक पारबहन का निमित्त अत्यन्तै सहज भएको र यो राजमार्ग निर्माण पश्चात् साच्चै नै कोरियाले मुहार फेरेको भन्ने कुरा यहाका ईतिहास हरुमा पढ्न पाइन्छ ।

यहि सौल बुसान ‘ख्यङ्बोक’ राजमार्गको बारेमा देखेका / सुनेका नेपाली हरु काठमाडौ-हेटौडा सुरुङ मार्ग को डिजिटल प्लान र आर्थिक लाभका फोस्रा कुराहरुले आकर्षित भए । यो परिजोनका निमित्त केही नेपालीहरुले कोरिया बाट लगानी पनि गरे तर आज यो परियोजनाको नामोनिशाना छैन । जबाफदेहिता पनि कोहि सग छैन । लगानिकर्ता हरु सिधै ठगिए ।

२. मिल्ती खोला जलविद्युत आयोजना

नेपाललाई जलसम्पदा को धनी मुलुक मानिन्छ । नेपालका नदीनाला बाट ८३ हजार मेगावाट भन्दा बढी विद्युत उत्पादन गर्न सकिन्छ भन्ने मान्यता छ । नेपाल सरकार पनि विद्युत उत्पादन नीति प्रति प्राय लचिलो नै हुने गर्दछ त्यसैले अधिकाम्श ठुला नीजी क्षेत्र जलविद्युत उत्पादनमा लागि पर्ने गर्दछन ।

झन्डै ६ बर्ष पहिला कोरियामा पनि ३ मेगावाट क्षमताको मिल्ती खोला परियोजना लिएर केही ब्यक्ति हरु नेपाली साथिभाइ माझ पुगे । विद्युत उत्पादन गर्नु भनेको गलैंचा र पश्मिना उद्योग खोल्न जत्तिकै सजिलो छ भने झै गरेर ठाउँ ठाउमा भाषण गरे । तुरुन्तै निर्माण शुरु गरेर ३ बर्ष भित्रमा विद्युत उत्पादन गर्ने र प्रमोटर शेयर होल्डर हरुलाइ लगानीका आधारमा बार्षिक ६०% भन्दा बढी मुनाफा दिने भनेर घोषणा गरियो ।

कोरियामै रहेका नेपाली हरुलाइ सन्चालक समितिमा राखेर एस.एम इन्भेस्टमेन्ट नामक कम्पनी बाट पैसा उठाउन शुरु गरियो । मिल्ती खोला जलविद्युत आयोजनामा कोरिया बाट करोडौ रुपैया संकलन गरिएको लगानीकर्ता हरु बताउछन् । अहिले लगानीकर्ता हरु पैसा फिर्ता पाउ भनेर निबेदन दिदै छन् तर यसका संचालक हरु बाट कुनै प्रतिक्रिया नपाएको लगानीकर्ता हरुको गुनासो छ । लगानीकर्ता हरुमा आयोजनाको प्रगतिबिबरण बारे कुनै जानकारी छैन । विद्युत उत्पादन को श्रोत मिल्ती खोला नै सुकेर मुठ्ठी भरको भएको जानकार हरु बताउँछन् ।

३. सगुन

पछिल्लो समय सामाजिक सन्जाल ले बिश्वलाइ मुठ्ठीमा अट्ने बनाएको छ । विभिन्न किसिमका एप्लिकेसन र साइट हरुले मानिसलाइ मनोरञ्जन ,शिक्षा ,र आम्दानी समेत दिने गरेका छन् ।अहिले आम मानिसको दैनिकी मा समाजिक सन्जालको प्रयोग समेत पर्ने गरेको छ ।

झन्डै ५ बर्ष अगाडि कोरियामा पनि ‘सगुन’ नामक समाजिक सन्जाल कम्पनी प्रबेश गर्यो । सामाजिक सन्जालको दुनियामा नया आयाम दिने घोषणा सहित आएको सगुन मा कोरिया बाट पनि करोडौ रुपैया लगानी भएको पाइएको छ । सगुनले बिदेशमा रहेका नेपालीहरु लाई लामो समय सम्म आइ.पि.ओ जारी गरिरह्यो । तर अहिले सम्म कुनै पनि लाभान्स बितरण गर्न सकेको छैन । हाल सन्चालन मै रहेता पनि स्वयं कम्पनी चाहिँ अत्यन्तै धराशायी अबस्थामा छ भनेर अखबार हरुमा पढ्न पाइएको थियो । सगुन सग सम्बन्धित ब्यक्ती हरु पनि कम्पनी का बारेमा मौन छन् ।

४. लाइन फोन

कोरियामा सबै भन्दा बढी ठगिएको गुनासो लाइन फोनमा रहेको छ । फोन कम्पनीको बिज्ञापन का निमित्त ‘सित्तैमा’ भनेर लाइन दिइने गरिन्छ । तर फोन लिए पछि लाखौ रुपैया को बिल तिरेका नेपाली हरु छरपस्ट भेटिन्छन् ।अहिले फोन व्यापारी र किन्ने ग्राहक बिच फोन का बारेमा बुझाउने तालमेल नमिलेको भनेर भन्ने गरिएको छ ।

ठगिका बिषयमा के भन्छ कोरियाको कानुन ?

यो पंक्तिकार ले ख्वाङ्जु प्रहरी का एक अधिकृत सग जिज्ञासा राख्दा कुनै पनि ठगिका बिषय हरु लिखित रुपमा उजुरी परे छानबिन हुने बताउछन् । ठगी र भस्ट्रचार जस्ता आर्थिक मामलाका बिषयमा कोरियाको कानुन अत्यन्तै कठोर रहेको समेत उनेको भनाइ छ । केही समय अगाडी मात्र एक कम्बोडियन नागरिक माथी परेको ठगीको बिषयमा उनले ठूलो दण्ड बेहेर्नु परेको कुरा समेत स्मरण गरे । यस्ता बिषयमा सबै भन्दा पहिला आफु नै सचेत हुनुपर्ने उनको सुझाब समेत छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय