Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

दूतावास र कोरियाका संस्थाहरु मौन बसिदिदा समयमै उपचार नपाएर कोरियामा एक नेपालीले ज्यान गुमाउनु पर्यो ।

दक्षिण कोरिया ,
              उज्ज्वल भविस्यको सपना देखेर कोरिया छिरेका एक नेपालीले समयमै उपचार नपाएर एक ज्यान गुमाउएका छन ।
रोजगारीका लागि दक्षिण कोरिया आएका भोजपुर साल्पासिलिछो गाउँपालिका-१ कुलुङका सुजन घले अस्ताएका छन । नुनसानस्थित स्थानीय अस्पतालमा उपचारत २८ वर्षीय घलेको हिजो (शुक्रबार) मृत्यु भएको  छ ।
काम गर्दागर्दै अचानक ढलेका उनी तत्काल स्थानीय अस्पतालमा भर्ना गरिएको थियो । उक्त अस्पतालले उपचार गर्न नसकिने तर केही दिन बचाउने भनेको थियो ।  तत्काल अर्को अस्पतालमा सार्नको लागि भनेको थियो  तर उनको भिसा नभएकोले अर्को अस्पतालमा सार्नको लागि सहज नभएको र एक जना कोरियन नागरिक तथा दूतावासले  जिम्मेवारी मात्रै  लिएको भए तत्काल अस्पताल सार्न सकिने थियो भने सुबिधा सम्पन्न अस्पतालमा उनको उपचार हुने थियो  यसै अनुरुप  भोजपुर समाजले कोरिया स्थित नेपाली दूतावास एन आर एन ए कोरियाका पधाधिकारीलाई पटक पटक अस्पताल सार्नको लागि ब्यबस्थापन गरिदिन अनुरोध गरेका थिए । दूतावासले अबैधानिक बसोबास गरेकालाई कोरिया स्थित नेपाली दुताबासका श्रम सहचारीले दूतावासले केही गर्नु नमिल्ने गर्यो भने अबैधानिक बस्नेलाई प्रोत्साहन मिल्ने भन्दै पन्छिए भने एन आर एन ए पधाधिकारीहरुले जिम्मेवारी बस्न मानेनन् ।
Trip
 अन्त्यमा स्टार रेमिटेन्सका संयोजक रुद्र शर्माले जिम्मेवारी लिने भन्दै दूतावासमा दवाव दिएपछि दूतावासले अन्तिम दिन सक्रियता जनाएको थियो । MTU अध्यक्ष उदय राईलाई अन्तिममा जानकारी दिइएको थियो उनको पहलमा अस्पताल खोजी र अस्पताल सार्ने सबै तयारी सकिएको दिनमै उनको मृत्यु हुन पुग्यो । यदि समयमै दूतावास र एन आर एन ए कोरियाले पहल गरिदिएको भए उनी बाँच्न सक्ने पनि थिए भोजपुर समाजका अध्यक्षले भनेका छन ।
शव नेपाल पठाउन सहयोग रकम उठाइँदै
घलेको श’व नेपाल पठाउन कोरियामा रहेको नेपालीहरुले सहयोग रकम उठाउन थालेका छन् । रकम संकलनका लागि सस्थाको सह–कोषाध्यक्ष कुमार थापा आइबीकेकाे बैंकको खाता नम्बर (221-425464-02-028) प्रयोग गरिएको छ ।
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय