Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

नेपाल लगाएत २६ देशका विधार्थीलाई कोरिया प्रवेश नगर्न सुझाव

किसान गौतम सिओल दक्षिण कोरिया ,

दक्षिण कोरियाले यहाँ अध्यन गर्न आउने बिदेशी विधार्थीलाई तत्काल कोरिया प्रवेश नगर्न सुझाव दिएको छ । पछिल्लो समय कोरियामा डेल्टा भेरियन्ट सहित कोभिड संक्रमण दर उच्च भएपछी मन्त्रालयले सो सुझाव दिएको हो ।

शिक्षा मन्त्रालयले आगामी सेप्टेम्बरबाट कलेजहरुमा दोस्रो सेमेस्टर शुरु हुने भएतापनि डेल्टा भेरियन्ट सहित कोभिड १ ९ संक्रमणको दर उच्च रहेका २६ देश बाट कोरिया प्रवेश नगर्न सुझाव दिएको हो । उसले भनेको छ कम्तिमा पनि ७० प्रतिशत कोरियाली जनताले खोप नलगाए सम्म बिदेशी बिधार्थी हाललाई स्वीकार्य हुने छैन |

योंघाप समाचार एजेन्सीका अनुसार दक्षिण कोरियाले हाल सम्म ३४.९ प्रतिशत पहिलो र १३ .५ प्रतिशत दोस्रो डोजको खोप लगाएको छ । आगामी सेक्टेम्बरको अन्त्य सम्म ७० प्रतिशत खोप लगाउने लक्ष पुरा हुने मन्त्रालयले बताएको छ । तत्काल प्रवेशमा रोक लगाएका देशहरुमा : नेपाल , भारत , दक्षिण अफ्रिका , मलावी , बोत्सवाना , मोजाम्बिक , इस्वातिनी , जिम्बाब्वे , बंगलादेश , ब्राजिल , सूरीनाम , पाराग्वे , चिली , उरुग्वे , फिलिपिन्स , इन्डोनेसिया , संयुक्त अरब इमिरेट्स , उज्बेकिस्तान , भियतनाम , रुस , लेबनान , मलेसिया , हाइटी , अंगोला , कुवेत र त्रिनिदाद र टोबागो छन |

मन्त्रालयका अनुसार पहिलो सेमेस्टरको लागी ३३ हजार ८ सय २६ बिदेशी बिधार्थी कोरिया प्रवेश गरेका छन् यो २०१ ९ को तुलनामा ८२ प्रतिशत कम हो | प्रवेश गरेका मध्ये हाल सम्म २ सय ५५ जनामा कोरोना भाइरस पुष्टि भैसकेको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय