Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा नयाँ प्रजातिको डेल्टा भेरियन्ट कोरोना भाईरस उच्च सङ्क्रमण दरमा फैलिदै बेलुकी ६ बजेदेखी २ जनाभन्दा बढी भेला हुन नपाउने,उच्च शतर्कता अपनाउन निर्देशन!

सिओल

दक्षिण कोरियामा नयाँ प्रजातिको डेल्टा भेरियन्ट कोरोना भाईरस देखिएसंगै यहाँको सङ्क्रमण दर ह्वात्तै बढेको छ।दक्षिण कोरियाली स्वास्थ्य अधिकारीहरुका अनुसार कोरियामा आज अहिलेसम्मकै सबैभन्दा बढी सङ्कमण देखिएको हो।

डेल्टा भेरियन्ट प्रजातिको भाईस विगतको भन्दा छिट्टो सर्ने भएकोले कोरियामा यसको प्रभाव दैनिक मात्रामा बढदो देखिएको हो।कोरियाली रोग नियन्त्रण तथा रोकथाम कार्यालय केसिडिसी का अनुसार कोरियामा हाल सम्मकै सबैभन्दा धेरै सङ्क्रमित थपिएका छन।

आजमात्रै १८९६ जना नयाँ सङ्क्रमण थपिएसंगै यहाँको कुल सङ्क्रमित को सङ्ख्या १,९३,४२७ पुगेको छ।जसमध्ये १८२३ सङ्क्रमित स्थानिय सङ्क्रमित हुन भने बाँकी सङ्क्रमित विदेशबाट आएका हुन।

दक्षिण कोरियामा ४ जनाको कोरोनाको कारण आज ज्यान गएको छ।यससंगै आजसम्म कोरोनाबाट ज्यान गुमा’उनेको सङ्ख्या २०८३ पुगेको छ।यहाँ विगतमा सउल क्षेत्रमा उच्च सङ्क्रमण देखिएपनी अहिलेभने सउल भन्दा बाहिर बढी सङ्क्रमण देखिएको छ।कोरियामा गर्मी विदा को सिजन चलेका कारण मानिसहरुको आवतजावत बढी भएका कारणले यहाँ सङ्क्रमणले नयाँ रेकर्ड कायम गरिराखेको हो।

कोरोना रोकथाम तथा नियन्त्रणका लागी दक्षिण कोरिया सरकारले सउलमा अगस्ट ८ तारिख सम्मका लागी सबैभन्दा उच्चतम लेभल ४ को सामाजिक दुरीको नियम लगाएको छ भने अन्य ठाउँहरुमा समेत कडाई गरेको छ।

सउल महानगरपालीकाले बेलुकी ६ बजेदेखी २ जनाभन्दा बढी भेला हुन नपाउने तथा रेस्टुरेन्ट,क्याफे,नाईटक्लब तथा मनोरन्जनका सबै कुराहरु बन्द गर्ने गरी उच्चतम कडाई गरेको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय