Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियाको शहर छोंग्बोक थेसो 충복 대소 मा नेपाली GNK रेस्टुरेण्डको शाखा सन्चालन हुने

सिओल दक्षिण कोरिया ,

कोरियाको शहर छोंग्बोक थेसो 충복 대소 मा नेपाली GNK  रेस्टुरेण्डको शाखा सन्चालन हुने भएको छ । 진천 मा संचालनमा रहेको GNK रेस्टुरेण्टले आफ्नो 2 बर्षे सफल अनुभवको साथमा शाखा विस्तार गर्न लागेको जी एन के का संचालकले जानकारी दिएका हुन्। 충복 대소मा नेपाली दाजुभाई तथा कोरियनहरुलाई सेवा दिने उद्देश्य राखेर सस्तो-सुलभ , मनोरम वातावरणको साथ नयाँ नेपाली रेस्टुरेण्ट खोल्ने जानकारी GKN रेस्टुरेण्टका सन्चालक ज्ञानु तामाङले दिनु भएको छ । नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको माग र आवश्यकतालाई मध्यनजर गर्दै सन्चालनमा ल्याउन लागिएको भएतापनि GNK रेस्टुरेण्टमा नेपाली र इण्डियन दुवै स्वाद प्राप्त गर्न सकिने छ । कोरोनाको महामारी सगै विभिन्न कार्यक्रम हेर्न राजधानी सउल जानेको संख्या ह्वात्तै घटेको र टाढा टाढा आवत जावत गर्न पनि निकै जोखिम पुर्ण रहेको अवस्थामा, नजिकै आफ्नो देशको स्वाद चाख्ने सबैको इच्छा अनुमान गर्दै यति बेला रेस्टुरेण्टको सजावट गर्ने काम धमाधम भैरहेको छ भने अब केहि दिन पछि रेस्टुरेण्ट सन्चालन गरिनेछ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय